close

जोसुकैले थाहा पाउन सक्छ तपाईंको आईफोन फोटो खिचिएको स्थान, रोक्ने कसरी ?

टेकपाना टेकपाना

मंसिर ३, २०७८ १८:११

जोसुकैले थाहा पाउन सक्छ तपाईंको आईफोन फोटो खिचिएको स्थान, रोक्ने कसरी ?

काठमाडौं । सामान्यतया असल उद्देश्यका साथ मोबाइल एपहरूमा लोकेसन ट्रयाक गर्ने फिचर प्रयोग गरिएको हुन्छ । तर कहिलेकाहीँ यसको गलत प्रयोग पनि हुनसक्छ । तपाईंको फोटोमा लुकेका गोप्य सूचनाहरू क्लाउडले सबैलाई हेर्न मिल्ने गराइदिन सक्छ ।

तपाईंले जब आफ्नो आईफोनबाट फोटो खिच्नुहुन्छ अथवा भिडिओ रेकर्ड गर्नुहुन्छ, त्यसले तपाईंको फाइलको बारेमा जानकारी सिर्जना गर्दछ । फोटो तथा भिडिओ खिच्दा त्यससँगै समय, स्थान र मिति जानकारी समेत रहन्छ, जसलाई मेटाडेटा भनिन्छ । 

मेटाडेटाका उपयोगी र आवश्यक उद्देश्यहरू छन् । यद्यपि यसले गोपनीयतामा समस्या ल्याउन सक्छ । तपाईंको स्मार्टफोनमा भएका फोटोहरू अरु कसैको हातमा परेमा उनीहरूले सजिलैसँग तपाईंको मेटाडेटा खोतल्न सक्छन् ।  

आईओएस १५ को रिलिजसँगै एप्पलले सजिलै लोकेसन हटाउन मिल्ने बनाएको छ । जसले गर्दा तपाईंको फोटोमा भएका जानकारी अरुले हेर्न मिल्दैन । आज हामी तपाईंलाई यो फिचर कसरी इनेबल गर्ने भन्ने विषयमा चर्चा गर्दैछौँ ।

  • आफ्नो आईफोनको ग्यालेरी हुँदै फोटोमा जानुहोस् । 
  • अब फोटोलाई माथितर्फ स्वाइप गर्नुहोस् अथवा आई (i) बटनमा क्लिक गरि फोटोको जानकारी हेर्नुहोस् ।
  • अब तल दायाँ कुनामा भएको ‘एड्जस्ट’ बटनमा क्लिक गर्नुहोस् । यसले तपाईंको फोटो खिचिएको दुरुस्त मिति, स्थान र समय देखाउँछ । 
  • अब ‘नो लोकेसन’मा ट्याप गर्नुहोस् । त्यसपछि तपाईंको फोटो खिचिएको स्थान सम्बन्धी सूचना र मेटाडेटा हट्दछ । 

यदि तपाईं लोकेसनलाई मेटाडेटाबाट हटाउन चाहनुहुन्न भने यसलाई सँधै ‘स्पुफ’ अर्थात् छल्न पनि सक्नुहुनेछ । यसको मतलब तपाईंले फोटोमा अर्कै स्थान राख्न अथवा स्थान परिवर्तन गर्न सक्नुहुन्छ । तर गोपनीयताका लागि लोकेसन हटाउनु नै उचित हुन्छ, किन भने स्पुफिङबाट कसैले तपाईं अन्यत्र नै कतै हुनुहुन्थ्यो भन्ने अनुमान गर्न सक्छ ।

  • स्पुफिङ एक्टिभ गर्न सबैभन्दा पहिले फोटो एपमा जानुहोस् ।
  •  कुनै एउटा फोटो छान्नुहोस् ।
  •  अब फोटोको जानकारी हेर्न माथितर्फ स्वाइप गर्नुहोस् ।
  • म्यापमा देखिएको एड्जस्ट बटनमा क्लिक गर्नुहोस् ।
  •  अब एड्जस्ट लोकेसन पेजको माथि सर्च गर्ने ठाउँमा कुनै स्थान वा ठेगाना राख्नुहोस् । यसो गर्दा केही स्थानहरू आफैँ सिफारिसको रुपमा देखिन सक्छ, त्यहाँबाट पनि तपाईंले कुनै स्थान छान्न सक्नुहुन्छ । 

आईफोनले कसरी ट्र्याक गर्छ तपाईंको लोकेसन ? 

तपाईंको आईफोनले तपाईंको लोकेसन पिनप्वाइन्ट (तपाईं कुन स्थानमा हुनुहुन्छ भन्ने कुरा यकिन गर्न) गर्न ‘लोकेसन सर्भिस’ नामक प्रविधि प्रयोग गर्दछ । जसका लागि आईफोनले जीपीएस, ब्लुटुथ, वाई-फाई हटस्पट, र मोबाइल टावरको लोकेसनलाई एकसाथ प्रयोग गर्दछ । 

यसले तपाईंलाई पठाओ राइड बुक गर्न, सिनेमार्क थिएटर एपमा चलचित्रको समय हेर्न वा इन्स्टाग्राम भएको ठाउँमा ट्याग गर्न मद्दत गर्छ । साथै तपाईंले फोटो खिच्दा जुनसुकै स्थानलाई निश्चित गर्न लगाउँछ । 

अब यस्तोमा फोटो ‘जियोट्याग’ अर्थात् निश्चित लोकेसन ट्याग हुनु राम्रो हो वा होइन भन्ने जिज्ञासा तपाईंमा हुन सक्छ । फोटो एपमा गएर कुनैपनि ठाउँको नाम खोज्नुभयो भने उक्त स्थानमा खिचिएका सम्पूर्ण फोटो देखिन्छन् ।

यो मेटाडेटाकै कारण सम्भव भएको हो । यस किसिमको मेटाडेटा गलत मनसाय भएका व्यक्तिका हातमा परेको खन्डमा मालिसियस अर्थात् जोखिम निम्त्याउने किसिमका कामको लागि प्रयोग हुनसक्ने खतरा रहन्छ ।

त्यसैले यस्तो कुरामा एकदमै ध्यान दिनुपर्ने हुन्छ । यद्यपि सामाजिक सञ्जालमा अपलोड गरिएका फोटोमा भने मेटाडेटामा समावेश हुने जानकारी भेट्न सकिँदैन । यसर्थ मेटाडेटा सुरक्षित नै हुन्छ । 

तपाईंको फोटो सम्बन्धी जानकारी मेटाडेटामा पनि स्टोर नहोस् भन्ने चाहनुहुन्छ भने बन्द गर्न सक्नुहुन्छ । यसका लागि तपाईंले आफ्नो फोनको सेटिङ एप खोल्नुपर्ने हुन्छ । त्यसपछि प्राइभेसी अप्सनमा क्लिक गरी लोकेसन सर्भिसमा पुग्नुहोस् । अब स्क्रोल गरेर क्यामेरामा क्लिक गर्नुहोस् र ‘नेभर’ अप्सन छान्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३