close

गुगलले लक गर्नसक्छ ड्राइभमा राखेका फाइल

टेकपाना टेकपाना

पुस ३, २०७८ ८:२३

गुगलले लक गर्नसक्छ ड्राइभमा राखेका फाइल

काठमाडौं । गुगलले आफ्नो क्लाउड स्टोरेज सेवा ड्राइभका लागि नयाँ नीति ल्याएको छ । नीतिअनुसार गुगलको नियम उल्लंघन गरी ड्राइभमा अपलाेड भएका फाइल लक हुनेछन् ।

ड्राइभकाे टर्म्स अफ सर्भिस नीति उल्लंघन गरिएका कुनै पनि फाइलहरु ड्राइभमा लक गरिदिने कम्पनीले जनाएको हाे ।

लक गरिए पनि यो फाइल अपलोड गर्ने व्यक्तिलाई फिर्ता भने पठाइने कम्पनीले जनाएको छ । तर, लक गरिएका फाइलहरु अन्य प्रयोगकर्तासँग ड्राइभमार्फत शेयर गर्न भने मिल्नेछैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२