close

४० मुलुकबाट सिधै ईसेवा वालेटमा पैसा पठाउन सकिने

टेकपाना टेकपाना

चैत १०, २०७८ १३:५३

४० मुलुकबाट सिधै ईसेवा वालेटमा पैसा पठाउन सकिने

काठमाडौं । नेपालको रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्सफर र विश्वव्यापी मनि ट्रान्सफरको काम गर्दै आएको प्रतिष्ठित बैंक बीएफसी बेंक अन्तर्गत रहेको इजेड रेमिटबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ ।

यो सम्झौतासँगै अब इजेड रेमिटको सेवा उपयोग गर्दै बीएफसी बैंकका शाखाहरु तथा संसारका ४० भन्दा बढी मुलुकमा रहेका ५५ हजारभन्दा बढी नेटवर्कको माध्यमबाट ईसेवा मनि ट्रान्सफर मार्फत नेपालमा पैसा पठाउँन सकिनेछ ।

सम्झौतामा ईसेवा मनि ट्रान्सफरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजेस कोइराला र इजेड रेमिटका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत मुजाहिद मलिकले हस्ताक्षर गरे ।

सम्झौताबारे बोल्दै ईसेवा मनि ट्रान्सफरका कोइरालाले भने, ‘इजेडसँग रेमिट्यान्स साझेदारी गर्न पाउँदा हामी अत्यन्त खुशी छौँ । यस रेमिट्यान्स सम्झौता मार्फत ईसेवा मनि ट्रान्सफरले नेपालीहरुलाई आफ्नो परिवारसँग जोड्ने कुरामा हामी विश्वस्त छौँ र यसैगरी सकेसम्म धेरै विदेश गएका नेपालीहरुलाई डिजिटल रेमिट्यान्सको माध्यमबाट सस्तो, छिटो र भरपर्दो सेवा प्रदान गर्दै आफ्नो घर–परिवारसम्म जोड्न हामी निरन्तर लागिरहने छौँ ।’

इजेडसँगको यो सहकार्यसँगै इजेड रेमिटको सेवा उपलब्ध रहेका मुलुकमा बसोवास तथा काम गर्दै आएका नेपालीहरुले नेपालमा आफ्ना आफन्तजन तथा इष्टमित्रलाई पैसा पठाउँदा, सोझै पाउने व्यक्तिको बैंकको खातामा डिपोजिट गर्न मिल्नुका साथै ईसेवा वालेटमा तुरुन्तै पैसा लोड गर्न सकिनेछ ।

त्यस्तै इजेड रेमिटका शाखाबाट पठाएको रेमिट्यान्स नेपालभर रहेका ईसेवा मनि ट्रान्सफरका १२ हजार बढी भुक्तानी केन्द्र र ईसेवाका मुलुकभरी रहेका १ लाख ३० हजार बढी एजेन्ट नेटवर्कबाट पनि तुरुन्तै रकम प्राप्त गर्न सकिने छ ।

साथै, पाउने व्यक्तिले पठाएको रेमिट्यान्स भुक्तानी केन्द्रमा नगई सोझै ईसेवा वालेटमा प्राप्त गरेर अतिरिक्त रु. ७७ बोनस रकम समेत प्राप्त गर्न सकिने जनाइएकाे छ ।

त्यस्तै ईसेवा मनि ट्रान्सफरमार्फत आएको रकम प्रभु म्यानेजमेन्ट अन्तर्गत रहेका सहकारी संस्थाबाट समेत भुक्तानी लिन सकिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२