close

साइबर अपराध सम्बन्धी लघु चलचित्र रिलिज हुँदै

टेकपाना टेकपाना

चैत १६, २०७८ १८:११

साइबर अपराध सम्बन्धी लघु चलचित्र रिलिज हुँदै

काठमाडौं । साइबर अपराधसम्बन्धी लघु चलचित्र ‘अनुष्का’ बिहीबार रिलिज हुने भएको छ । दिउँसो ४ बजे महसञ्चार युट्युव च्यालनमा यो लघु चलचित्र रिलिज हुनेछ ।

‘अनुष्का’मा महजोडी एवं वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसहित अन्य कलाकारको अभिनय रहेको छ । साइबर अपराध सम्बन्धी जनचेतना फैलाउन यो लघुचलचित्र तयार पारिएको निर्माण टोलीले जानकारी दिएको छ ।

कलाकारिताको माध्यमबाट समाजमा जनचेतना फैलाउँदै आएका महजोडीले दुई हप्ताअघि ‘हुण्डी’ नामको लघु चलचित्र सार्वजनिक गरेका थिए ।

विशेषगरी विदेशबाट गैरकानूनी रूपमा पैसा पठाउँदा के कस्ता समस्या हुन्छन् भन्ने विषयमा केन्द्रित ‘हुण्डी’ले समाजमा सकारात्मक प्रभाव पारेको छ ।

त्यसअघि चेलिबेटी बेचबिखनको कथालाई समेटेर बनाइएको निर्माण गरिएको ‘कर्कलो कोक्याउला’ बोलको गीतले पनि विशेष चर्चा पाएको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३