काठमाडौं । नेपाली बजारमा युराेपेली ब्राण्ड कस्पेटका नयाँ स्मार्टवाच सार्वजनिक भएकाे छ । कस्पेटको आधिकारिक आयातकर्ता तथा वितरक कम्पनी क्रोमा टेक्नोलोजी प्रालिले नेपाली उपभाेक्ताका लागि दुई मोडलमा स्मार्टवाच उपलब्ध गराएकाे हाे ।
यसअन्तर्गत कस्पेट म्याजिक थ्रीएस (Kospet Magic 3s) र कस्पेट ट्यांक एम१ (Kospet Tank M1) स्मार्टवाच बजारमा उपलब्ध छन् । एक वर्षकाे वारेन्टी भएका यी स्मार्टवाच युरोपेली मापदण्ड र स्तरअनुसार उत्पादन भएकाे कम्पनीकाे दाबी छ ।
कस्पेट म्याजिक थ्रीएस
याे स्मार्टवाचमा आईफोन तथा कुनैपनि एन्ड्रोइड स्मार्टफोनमा कनेक्ट गरेर स्मार्टवाचबाटै सिधै भ्वाइस कल गर्न वा कुराकानी गर्न सकिने फिचर रहेको छ ।
यसमा १.६९ इन्चको टिएफटी डिस्प्ले राखिएको छ भने पावरका लागि २६० एमएएचको ब्याट्री प्याक रहेको छ । कस्पेट म्याजिक थ्रीएस स्मार्टवाचलाई एक पटक चार्ज गरेपछि सात दिनसम्म सजिलै चलाउन सकिने कम्पनीकाे दाबी छ ।
कस्पेटको म्याजिक थ्रीएस स्मार्टवाचमा २० विभिन्न प्रकारका स्पोर्टस मोड छन भने यसले ब्लड अक्सिजन, हर्ट रेट र ब्लड प्रेसर मनिटर गर्न सक्दछ । त्यसैगरी प्रयोगकर्ताको शरिरको तापक्रम नाप्ने सुबिधा समेत रहेको छ ।
स्मार्टवाच आईपी६७ वाटर रेसिस्ट्यान्टसहित आउनेछ । यसको सबैभन्दा महत्वपूर्ण फिचर भनेका ब्लूटूथमार्फत तपाईँले आफ्नो फोनमा कनेक्ट गरेर भ्वाइस कल गर्न सक्नुहुनेछ ।
कस्पेट ट्यांक एमवान
यो स्मार्टवाच स्पोर्टीलुक मनपराउने प्रयोगकर्ताका लागि ध्यानमा राखेर ल्याइएको हो । यसमा १.७२ इन्चको ठूलो टीएफटी डिस्प्ले साइज राखिएको छ ।
स्मार्टवाचमा ३८० एमएएचको पावरफुल ब्याट्री रहेको छ, जसले एक पटककाे चार्जमा १५ दिनसम्म प्रयोग गर्न सकिने कम्पनीकाे दाबी छ ।
यसमा २० वटा फरक स्पोर्टस मोड छन् भने यसले प्रयोगकर्ताको ब्लड अक्सिजन, हर्ट रेट र ब्लड प्रेसर मनिटर गर्न सक्दछ ।
स्मार्टवाच पाँच मिटरसम्म पानीमा पर्दा पनि केही नहुने किसिमको वाटर रेसिस्ट्यान्ट प्रविधियुक्त रहेको छ भने ५० वटा वाच फेसेज, कल रिमाइन्डर छ ।
आउटडोरका लागि निकै उपयुक्त यो कस्पेट ट्यांक एम१ डस्टप्रुफ र शकप्रुफ रहेको छ । यो विशेषगरी यात्रा गरिरहन मन पराउने र ट्रेकिङ जानेहरुका लागि एक रोजाइ हुनसक्छ ।
बजारमा कस्पेट म्याजिक थ्रीएसको मूल्य ७,४९९ रुपैयाँ र कस्पेट ट्यांक एम वानको मूल्य ७,१९९ रुपैयाँ तोकिएको छ ।