काठमाडौं । नयाँ वर्षको अवसर पारी साओमीले ‘मि मा डबल मज्जा’ अफर ल्याएको छ । यसअन्तर्गत कुनै पनि मोडलको टिभी किन्दा ग्राहकले ल्यापटप अथवा टिभी जित्न सक्नेछन् ।
कम्पनीका अनुसार मि टेलिभिजन खरिद गर्ने एक जना भाग्यशाली विजेताले लक्की ड्र मार्फत बम्पर उपहारको रुपमा मि नोटबुक प्रो र ६ जना भाग्यशाली विजेताहरुले साप्ताहिक लक्की ड्र मार्फत ४० इन्चकाे मि फोरए टेलिभिजन जित्न सक्नेछन् ।
मि टेलिभिजनले एन्ड्रोइड सपोर्ट गर्ने भएकोले यसले प्ले स्टोरमा भएका चार हजारभन्दा बढी एपहरु सपोर्ट गर्छ ।
यसको अर्को विशेषता भनेको यसमा भएको स्मार्ट ब्लुटुथ रिमोट हो, जसले गर्दा च्यानल चेन्ज गर्न टिभीमै रिमोट पोइन्ट गरी राख्नुपर्दैन र यसमा नेपाली भाषामै युट्युव र नेटफ्लिक्समा सर्च गर्न मिल्छ ।
साथै यसमा भएको डाटा सेभर टेक्नोलोजीले मोबाइल डेटाबाटै टिभी हेर्दा पनि अरु टिभीमा भन्दा ४० प्रतिशत बढी डेटा बचत गर्ने दावी कम्पनीकाे छ ।
मि टेलिभिजनको अर्को विशेषता भनेको यसमा भएको फ्रेम रेट रिडक्सन टेक्नोलोजी हो ।
बजारमा कम्पनीका ३२ देखि ६५ इन्चका टिभी उपलब्ध छन्, जसको बजार मूल्य रु. ३० हजारदेखिएक लाख १० हजार रुपैयाँसम्म रहेको छ ।
यो अफर चैत्र १८ गते देखि वैशाख ३१ गते सम्म लागू हुने जनाइएको छ ।