close

अब हाम्रोपात्रो रेमिटबाट प्रति व्यक्ति १ लाख डलरसम्म पठाउन मिल्ने

टेकपाना टेकपाना

चैत २२, २०७८ १०:१२

अब हाम्रोपात्रो रेमिटबाट प्रति व्यक्ति १ लाख डलरसम्म पठाउन मिल्ने

काठमाडौं । लोकप्रिय एप हाम्रोपात्रोले रेमिट्यान्स सेवा सुरु गरेको सात महिना पुरा भएको छ। असोज ८ गते देखि सुरु भएको यो सेवामार्फत अहिलेका लागि अमेरिकामा रहेका नेपाली नागरिकले नेपालमा रकम पठाउन सक्छन् ।

अमेरिकी बैंकमा रहेको खाता तथा डेबिट कार्डबाट सहजै जुनसुकै नेपाली बैंकको खातामा रकम पठाउन सकिनेछ । अहिलेसम्म प्रति व्यक्तिले छ महिनामा अधिकतम ३० हजार अमेरिकी डलरसम्म पठाउन मिल्ने व्यवस्था थियो भने अबदेखि एक लाख डलरसम्म पठाउन मिल्ने भएकाे छ ।

प्रति कारोबार सीमा १० हजार डलरमा नै राखिनेछ भने यो सुविधा टिएर ३ मा भएका प्रयोगकर्ताहरुमा लागू हुनेछ । पात्रोको रुपमा सुरु भएको हाम्रोपात्रोले आफ्नो प्रारम्भिक समयदेखि नै फोरक्स अर्थात विदेशी मुद्राको नेपाली विनिमयदर हेर्न सकिने सुविधा दिँदै आएको छ ।

अब एउटै एपमा विनिमय दर हेर्ने र रेमिट्यान्स पठाउने सुविधा सँगसँगै उपलब्ध भएको छ । जुन विदेशबाट नेपालमा रकम पठाउने सबैभन्दा सहज विकल्पको रुपमा रहने हाम्रोपात्रोको विश्वास छ ।

‘तत्कालका लागि रेमिट्यान्स पठाएको दुईदेखि तीन दिनमा नेपाली बैंकको खातामा रकम जम्मा हुने गरेकोमा अबको एक महिनाभित्र इन्स्ट्यान्ट पेको सुविधा उपलब्ध हुनेछ, जसअन्तर्गत रकम पठाएको केही मिनेटमै नेपालको बैंक खातामा पैसा जम्मा हुनेछ,’ हाम्रोपात्रोको संस्थापक/सीईओ शंकर उप्रेतीले भने ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५