close

नयाँ वर्षमा दराजको विशेष अफर, हरेक सामानमा छुट र बम्परमा स्कुटर जित्ने अवसर

टेकपाना टेकपाना

चैत २४, २०७८ १३:३३

नयाँ वर्षमा दराजको विशेष अफर, हरेक सामानमा छुट र  बम्परमा स्कुटर जित्ने अवसर

काठमाडौं । अनलाइन शपिङ प्लेटफर्म दराजले आउँदो सोमबारदेखि ‘नव वर्षको सेल, नयाँ रहर नयाँ अफर’ सुरु गर्ने भएको छ ।

नयाँ वर्ष २०७९ को अवसरमा ल्याइएकाे याेजनामा दराजबाट सामान खरिद गर्दा ग्राहकले आश्चर्यजनक डिल, पाँच हजारसम्मको भौचर, विशेष अफरहरू, अनलाइन भुक्तानीमा छुट उपलब्ध हुने दराजकाे विज्ञप्तिमा उल्लेख छ ।

साथै बम्पर उपहारमा नयाँ याडिया एस-लाइक स्कुटर जित्न सकिने पनि कम्पनीले जनाएको छ ।

यस अभियानका दराजले विभिन्न बैंकसँग साझेदार गरेकाे छ । यसअन्तर्गत नेपाल बैंकका कार्ड बाहकले डेबिट प्रि-पेमेन्टमा १० प्रतिशत (१००० रुपैयाँसम्म) र क्रेडिट कार्ड प्रि-पेमेन्टमा १५ प्रतिशत (१५०० रुपैयाँसम्म) सम्म छुट पाउनेछन् ।

त्यस्तै सानिमा बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, मेगा बैंक, बैंक अफ काठमाण्डू, एनसीसी बैंक, सेन्चुरी बैंक, ज्योति विकास बैंक, मुक्तिनाथ बैंक र सांग्रिला बैंकका कार्ड बाहकले डेबिट कार्डमा १० प्रतिशत (१००० रुपैयाँसम्म) छुट र क्रेडिट कार्ड अनलाइन प्रि-पेमेन्टमा १५ प्रतिशत (१५०० सम्म) छुट पाउनेछन् ।

साथै, स्ट्यान्डर्ड चार्टर्ड बैंकका डेबिट/क्रेडिट कार्ड वाहकहरूले अनलाइन प्रि-पेमेन्टमा १५ प्रतिशतसम्म छुट (१००० रुपैयाँसम्म) प्राप्त गर्न सक्नेछन् । कम्पनीका अनुसार यो योजना ११ अप्रिलदेखि १५ अप्रिलसम्म मात्रै मान्य हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५