close

टेस्ला जस्तै डिजाइन भएको विद्युतीय कार ल्याउँदै बीवाईडी

टेकपाना टेकपाना

चैत २४, २०७८ १२:५८

टेस्ला जस्तै डिजाइन भएको विद्युतीय कार ल्याउँदै बीवाईडी

काठमाडौं । बीवाईडीले विद्युतीय कारको नयाँ मोडेल ‘सिल सेडान’ (Seal Sedan) को बाहिरी डिजाइन सार्वजनिक गरेको छ । यही अप्रिल महिनाको अन्त्यतिर बेइजिङ अटो शोमा सार्वजनिक हुनुअघि नै कम्पनीले डिजाइन सार्वजनिक गरेको हो ।

पूर्णरूपमा विद्युतीय रहेको यो कार मोडल गत वर्ष सार्वजनिक भएको ‘ओसियन-एक्स’ मोडलको अवधारणामा थप परिमार्जन गरी निर्माण गरिएको छ ।

यो कार बीवाईडीको नयाँ विद्युतीय वास्तुकलामा आधारित हुने बताइएकाे छ, जसलाई ई-प्लेटफर्म ३.० भनिन्छ । लिक भएकाे एक रिपाेर्ट अनुसार सिल सेडानको लम्बाई ४,८०० एमएम, चौडाइ १,८७५ एमएम र १४६० एमएम अग्लो हुनेछ ।

त्यस्तै यो कारमा २९२० एमएम ह्वीलबेस रहेको छ। कारमा दिइएका यी आयामले सिल सेडान टेस्ला मोडेल ३ भन्दा अलिकति ठूलो, नियो ईटी फाइभ (ET5) र बीएमडब्लू आईथ्री ईड्राइभ ३५ एल (bmw i3 eDrive35L) सँग मिल्दोजुल्दो देखिन्छ ।

आगामी दिनमा सार्वजनिक हुने भनिएको टोयोटा bZ SDN ले बिवाईडीको यो प्रविधि प्रयोग गर्ने अपेक्षा राखिएको छ । यो कारमा १५० किलोवाट र २३० किलोवाट पावर उत्पादन क्षमटाको सिंगल रियर-माउन्ट इलेक्ट्रिक मोटर जडान गरिएको छ ।

त्यस्तै, फ्ल्यागशिपमा डुअल-मोटर सेटअपका साथ उपलब्ध रहेको छ । यो गाडीको अगाडिको भागमा १६० किलोवाट (२१४ एचपी) मोटर र पछाडिको भागमा भएको २३० किलोवाट(३०८ एचपी) मोटरले ३.८ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रति घण्टाको स्पिड रेन्ज प्रदान गर्दछ ।

त्यस्तै, ८०० भोल्टको ब्लेड ब्याट्री जडान भएको यो कारले अधिकतम ७०० किलोमिटर अर्थात् ४३५ माईल रेन्ज दिन्छ । चीनका स्थानीय मिडियाले बीवाईडी सिल सेडानको मूल्य दुई लाख २० हजारदेखि दुई लाख ८० हजार २८०००० चिनियाँ युआन रहने उल्लेख गरेका छन्, जुन टेस्ला मोडल ३ भन्दा धेरै सस्तो हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५