काठमाडौं । स्मार्टफोन ब्राण्ड रियलमीले नेपाली बजारमा चाँडै नै नार्जो सिरिज अन्तर्गत रियलमी नार्जो५० भित्र्याउने भएको छ ।
उत्कृष्ट प्रोसेसर, आकर्षक डिस्प्ले, फास्ट चार्जिङ सिस्टम सहितको गेमिङ स्मार्टफोनको रुपमा कम्पनीले रियलमी नार्जो५० ल्याउन लागेकाे कम्पनीले जनाएकाे छ ।
त्यसैगरी रियलमीले इन्ट्री लेभल स्मार्टफोनको रुपमा रियलमी सी३५ पनि नेपाली प्रयोगकर्तामाझ उपलब्ध गराउने भएको छ ।
रियलमी नार्जो ५० सस्तो मूल्यमा भित्रिने रियलमी नार्जो५० मा ५० मेगापिक्सेल क्यामेरा रहेको छ । फोनमा हेलियो जी९६ प्रोसेसर रहेको छ । यो प्रोसेसर जी८५ को तुलनामा ४२ प्रतिशत बढी प्रभावकारी हुने उल्लेख छ ।
नार्जो ५० मा १८० हर्ज टच र १२० हर्ज रिफ्रेस रेट युक्त ६.६ इन्चको डिस्प्ले रहेको छ ।
५००० एमएएच ब्याट्री रहेको फोन स्पीड ब्ल्याक र स्पीड ब्लु कलरमा उपलब्ध हुनेछ । ग्राहकले दुई स्टोरेज भेरियन्ट (४/६४ र ६/१२८ जीबी) मा फाेन खरिद गर्न सक्नेछन् ।
रियलमी सी३५ ८.१ एमएम अल्ट्रा–स्लिम डाइनामिक ग्लोइङ डिजाइन, ५० मेगापिक्सेल मुख्य क्यामेरा, ६.६ फुल एचडी डिस्प्ले, ५००० एमएएच ब्याट्री युक्त रियलमी ३५ मा युनिसक टी६१६ प्रोसेसर रहेको छ ।
फोनले १८ वाटको फास्ट चार्जिङ सिस्टम सपोर्ट गर्ने जनाइएको छ ।
ग्लोइङ ब्ल्याक र ग्लोइङ ग्रीन कलरमा उपलब्ध हुने फाेन दुई स्टोरेज भेरियन्ट (४/६४ र ४/१२८ जीबी) मा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
कम्पनीले नेपालमा फोनको मूल्य कति पर्छ भन्ने विषयमा कुनै जानकारी दिएको छैन ।