close

यी एन्टीभाइरस एप, जसले चोरी गर्दैछन् तपाईंको व्यक्तिगत विवरण

टेकपाना टेकपाना

चैत २८, २०७८ ८:५४

यी एन्टीभाइरस एप, जसले चोरी गर्दैछन् तपाईंको व्यक्तिगत विवरण

काठमाडौं । गुगलले हालै मात्र प्रयोगकर्ताको व्यक्तिगत विवरण चोरी गर्ने छवटा एन्टीभाइरस एप प्ले स्टोरबाट हटाएको छ ।

चेक पोइन्ट रिसर्चका अनुसन्धानकर्ताहरूले तयार पारेको रिपोर्ट अनुसार ह्याकरहरूले सार्कबोट एन्ड्रोइड स्टिलर सफ्टवेयर प्रयोग गरेर एन्टिभाइरस एप निर्माण गरि प्रयोगकर्ताको पासवर्ड, बैंक विवरण लगायत अन्य संवेदनशिल व्यक्तिगत विवरण चोरी गरिरहेका थिए ।

ती एपहरू करिब १५ हजार पटक डाउनलोड भएको पाइएको छ । यद्यपि हाल गुगले यी एपहरू प्ले स्टोरबाट हटाइसकेको छ । रिपोर्टका अनुसार यो मालवेयरले अन्य मालवेयर भन्दा फरक अर्थात जियोफेन्सिङ फिचर र पाइरेसी प्रविधि प्रयोग गरेको थियो । साथै ती एपहरूले डोमेन जेनरेशन अल्गोरिदम पनि प्रयोग गरेको रिपोर्टमा उल्लेख छ ।

१५,००० पटक भन्दा बढि डाउनलोड भएको ती छ एपहरूले करिब एक हजारवटा डिभाइसको आईपी एन्ड्रेस चोरी गरेको थियो । ती मध्ये सबैभन्दा धेरै पीडितहरू इटाली र बेलायतका रहेको रिपोर्टमा उल्लेख छ ।

हटाइएका ६ एप

-Atom Clean Booster, Antivirus
-Antivirus Super Cleaner
-Center Security Antivirus
-Alpha Antivirus Cleaner
-Powerful Cleaner Antivirus
-Center Security Antivirus

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४