close

नोकिया बार फोनमा अब एक वर्षको रिप्लेसमेन्ट वारेन्टी, पुरानोसँग नयाँ फोन साट्न पाइने

टेकपाना टेकपाना

बैशाख ८, २०७९ १८:४९

नोकिया बार फोनमा अब एक वर्षको रिप्लेसमेन्ट वारेन्टी, पुरानोसँग नयाँ फोन साट्न पाइने

काठमाडौं । अब नेपाली उपभोक्ताहरुले नोकिया बार फोन किनेको एक वर्षसम्म रिप्लेसमेन्ट वारेन्टी पाउने भएका छन् ।

नोकिया फोनहरूको उत्पादक एचएमडी ग्लोबलले किनेको एक वर्षसम्म फोनमा कुनै पनि प्राविधिक समस्या आएमा साट्न सकिने जानकारी दिएको हो ।

आफ्नो ब्रान्ड लोयल्टी बढाउन नोकियाले आफ्ना बार फोनमा रिप्लेसमेन्टको सुविधा ल्याएको हो ।

यो क्याम्पेन अन्तर्गत उपभोक्ताहरुले अधिकारिक वितरक र शोरुममा गएर आफ्नो पुरानो नोकिया बार नयाँँ फोनसँग साट्न सक्नेछन् ।

यो योजना नोकियाको १०५, ११०, ५३१०, ६३१०, १५०, २१०, र १२५ मोडलमा लागू हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२