close

अब आवेदन दिएको एक महिनाभित्रै परीक्षा र ड्राइभिङ लाइसेन्स

टेकपाना टेकपाना

जेठ १५, २०७९ १८:४

अब आवेदन दिएको एक महिनाभित्रै परीक्षा र ड्राइभिङ लाइसेन्स

काठमाडौं । अब सवारी चालक अनुमतिपत्रका लागि आवेदन दिएको एक महिनाभित्रै परीक्षा सञ्चालन गरिने भएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेट कार्यक्रम मार्फत यस्तो योजना ल्याएको हो ।

सङ्घीय संसदमा अर्थमन्त्रि जनार्दन शर्माले प्रस्तुत गरेको बजेट कार्यक्रमअनुसार आवेदन दिएको एक महिनाभित्र परीक्षा सञ्चालन गरी लाइसेन्स वितरण गरिनेछ ।

जसअनुसार सम्बन्धित प्रदेशमा रहेका यातायात कार्यालयबाटै सवारी चालक अनुमतिपत्र अर्थात् स्मार्ट ड्राइभिङ लाइसेन्स उपलब्ध गराइनेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४