close

हैजा सम्बन्धी समस्या समाधान गर्न काठमाडौं महानगरको हटलाइन सेवा

टेकपाना टेकपाना

असार १३, २०७९ २१:१४

हैजा सम्बन्धी समस्या समाधान गर्न काठमाडौं महानगरको हटलाइन सेवा

काठमाडौं । काठमाडौं महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न हटलाइन सेवा सञ्चालनमा ल्याएको छ ।

आजदेखि सुरु भएको यो सेवाअन्तर्गत महानगरबासीले चौबिसै घण्टा निःशुल्क टेलिफोन गरी आवश्यक जानकारी लिनसक्ने मेयर बालेन्द्र साहले जानकारी दिए । यसका लागि ११८० मा फोन गर्न सकिनेछ ।

काठमाडौंमा हैजाका बिरामी पुष्टि भएपछि यसबारे सतर्कता अपनाउन आग्रह गर्दै आवश्यक जानकारीका हटलाइन सेवा सञ्चालनमा ल्याइएको महानगरपालिकाले जनाएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३