close

विद्युतीय कार ल्याउँदै महिन्द्रा, सिंगल चार्जमा ३०० किमि गुड्ने 

टेकपाना टेकपाना

असार २५, २०७९ १७:२६

विद्युतीय कार ल्याउँदै महिन्द्रा, सिंगल चार्जमा ३०० किमि गुड्ने 

काठमाडौं । भारतीय कार निर्माता कम्पनी महिन्द्रा एन्ड महिन्द्राले पूर्ण रूपमा बिजुलीबाट चल्ने कार ल्याउने भएकाे छ । कम्पनीले आउँदाे सेप्टेम्बरमा ‘एक्सयूभी ४००’ माेडलकाे विद्युतीय कार ल्याउन लागेकाे हाे ।

कारका मुख्य विशेषता नखुलाइए पनि भारतीय सञ्चारमाध्यमले सिंगल चार्जमा अधिकतम ३०० किमिसम्म गुड्नसक्ने गरी कम्पनीले कार निर्माण गरिरहेकाे उल्लेख गरेका छन् ।

महिन्द्रा एक्सयूभी ३०० काे इलेक्ट्रिक भर्सनका रूपमा कम्पनीले याे कार ल्याउन लागेकाे हाे ।

भारतीय बजारमा सर्वाधिक बिक्री हुने टाटा मोटर्स अन्तर्गतको नेक्सन इभीलाई यसले चुनाैती दिने अनुमान गरिएकाे छ ।

नेपालमा महिन्द्रा ब्रान्डका सवारीसाधन अग्नि ग्रुपले भित्र्याउने गरेकाे छ । हाल कम्पनीले नेपाली बजारमा इटूओ, इभेरियो लगायतका विद्युतीय कारको बिक्री गर्दै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३