close

रियलमीले नेपाली बजारमा ल्यायो सबैभन्दा सस्तो पातलो स्मार्टफोन सी ३१, कति छ मूल्य ?

टेकपाना टेकपाना

साउन १३, २०७९ १९:५९

रियलमीले नेपाली बजारमा ल्यायो सबैभन्दा सस्तो पातलो स्मार्टफोन सी ३१, कति छ मूल्य ?

काठमाडौं । रियलमीले आफ्नो नयाँ एन्ट्री लेभल स्मार्टफोन रियलमी सी ३१ सार्वजनिक गरेको छ । यो स्मार्टफोनमा ५,००० एमएएच क्षमताको ब्याट्री रहेको, जुन स्ट्यान्ड–बाइ ४५ दिनसम्म टिक्न सक्ने दाबी कम्पनीले गरेको छ । 
फोनमा १.८ गिगाहर्जको अक्टाकोर युनिसक टी ६१२ प्रोसेसर र १३ मेगापिक्सेलको क्यामरा राखिएको छ । १७ हजार ७९९ रुपैयाँ मूल्य रहेको यो फोनमा चार जीबी र्याम तथा ६४ जीबी स्टोरेज पाउन सकिन्छ । यो फोन यति सस्तो मूल्यमा सबैभन्दा पातलो मोबाइल सेट भएको दाबी कम्पनीले गरेको छ । 
फोनमा ८८.७ प्रतिशत स्क्रिन टु बडी रेसियो रहेको ६.५२ इन्चको डिस्प्ले दिइएको छ, जसमा १६०० बाइ ७२० पिक्सेलको एचडी रिजोलुसन पाउन सकिन्छ । चार जीबी र्‍याम तथा ६४ जीबी स्टोरेज भेरियन्टमा समेत उपलब्ध यो फोन लाइट सिल्भर र डार्क ग्रीन रङ्गमा उपलब्ध छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३