close

महिलाको नाममा फेक आईडी बनाएर अश्लील फोटो राखेको आरोपमा १९ वर्षीय युवक पक्राउ

टेकपाना टेकपाना

कात्तिक २०, २०७९ १७:५४

महिलाको नाममा फेक आईडी बनाएर अश्लील फोटो राखेको आरोपमा १९ वर्षीय युवक पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा महिलाको नाममा नक्कली आईडी बनाएर दुरुपयोग गरेको आरोपमा एक जना प्रकाउ परेका छन् । प्रकाउ पर्नेमा सप्तरी सुरुङ्गा नगरपालिका वडा नं १ बस्ने १९ वर्षीय सुमितकुमार थापा रहेको साइबर ब्यूरोले जनाएको छ ।

प्रहरीका अनुसार थापाले सबैभन्दा पहिले फेसबुकमा समिरा शर्मा (बेबी) नामक नक्कली अकाउन्ट बनाएका थिए । जसमा उनले महिलाको फोटो राख्दै अश्लील स्टाटस राख्न सुरु गरे ।

त्यति मात्र नभइ जाहेरवाला पीडित महिलाको फोटोसँगै अन्य अश्लील फोटो तथा क्याप्सन राख्ने गरेको प्रहरीले जनाएको छ । थापाले पीडित महिलाका आफन्तसँग मेसेन्जरमा अश्लील कुराकानी गरी पीडितको नाम बदनाम गर्ने, बेइज्जत गरी अनावश्यक मानसिक तनाव दिन थालेपछि पीडित महिलाले इलाका प्रहरी कार्यालय भेडिया सप्तरीमा जाहेरी दिएकी थिइन् ।

सोही जाहेरीको आधारमा आरोपित थापालाई विद्युतीय कारोबार ऐन २०६३, अन्तर्गतको कसूरमा शुक्रबार साइबर ब्युरोले पक्राउ गरेको हो । पक्राउ परेका थापामाथि काठमाडौं जिल्ला अदालतले सात दिनको म्याद थप गरी अनुसन्धान गर्न आदेश दिएको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक २०, २०७९ १७:५५