close

अब फौजदारी मुद्दाको अभियोगपत्र अनलाइनबाटै हेर्न सकिने

टेकपाना टेकपाना

मंसिर २५, २०७९ १९:२८

अब फौजदारी मुद्दाको अभियोगपत्र अनलाइनबाटै हेर्न सकिने

काठमाडौं । अब फौजदारी मुद्दाको अभियोगपत्र अनलाइनबाटै हेर्न सकिने भएको छ । काठमाडौं जिल्ला अदालत बार एसोसिएसनको पहलमा काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयबाट दायर हुने फौजदारी मुद्दाको अभियोगपत्र अनलाइनमा राख्ने व्यवस्था मिलाइएको हो ।

आइतबारदेखि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले फौजदारी मुद्दाको अभियोगपत्र अनलाइनमा अपलोड गर्न थालेको छ । यससँगै काठमाडौं जिल्लामा चल्ने फौजदारी मुद्दाको अभियोगपत्र सम्बन्धित सरकारी वकिल कार्यालयको वेबसाइटबाट हेर्न सकिने छ ।

जिल्ला अदालतमा दर्ता भएका फौजदारी मुद्दाहरू कार्यालय समयपछि वेबसाइटमा अपलोड हुनेछन् । कुनै कसुरको अभियुक्त भइसकेपछि आफू विरुद्ध अनुसन्धानको क्रममा जुटाएका प्रमाणहरु केके छन्, कुन दफा लगाइएको छ भन्ने कुरा थाहा पाउने सकिनेछ ।

यो प्रतिवादीको संवैधानिक अधिकारको विषय समेत हो । संविधानले दिएको यही अधिकारको पहुँच सरल तथा सहज रुपमा अभियुक्तका वकिल र मुद्दा सम्बन्धी सरोकार राख्ने हरेक सरोकारवाला सम्म पुर्‍याउने उद्देश्य राखिएको छ ।

त्यसै अनुरूप अभियोगपत्र अनलाइन मार्फत सार्वजनिक गर्ने व्यवस्था मिलाइएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख अच्युतमणि नेउपानेले बताए ।

पछिल्लो अध्यावधिक: मंसिर २५, २०७९ १९:२८