काठमाडौं । सामसङले होली पर्वलाई लक्षित गर्दै ‘होली रंगोत्सव’ नामक नयाँ योजना सार्वजनिक गरेको छ । कम्पनीले होलीको अवसरमा बजारमा रुचाइएका दुई स्मार्टफोनको मूल्य घटाएको हो ।
त्यसमा ‘ग्यालेक्सी एटु कोर’ र ‘ग्यालेक्सी ट्वान्टी एस’ रहेका छन् । यसअघि ६ हजार नौं सय ९९ रुपैंया पर्ने सामसङ ग्यालेक्सी एटु कोर अब ६ हजार चार सय ९९ रुपैंयामा खरिद गर्न सकिने भएको छ ।
त्यस्तै ग्यालेक्सी ट्वान्टी एस अन्तर्गत ३ जिबी र्याम र ३२ जिबी रोम रेहको फोन अब १८ हजार ८ सय ९९ रुपैंयामा प्राप्त गर्न सकिने छ । ४ जिबी र्याम र ६४ जिबी रोम रहेको फोन १९ हजार ९ सय ९९ रुपैंयामै खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यसअघि यो फोनको मूल्य क्रमस : १९ हजार ८ सय ९९ र २१ हजार एक सय ९९ रुपैंया रहेको थियो ।