close

विण्डोज टेन कम्प्युटरबाट यसरी गर्नुहोस् फोन कल

टेकपाना टेकपाना

भदौ ४, २०७७ १३:५६

विण्डोज टेन कम्प्युटरबाट यसरी गर्नुहोस् फोन कल

काठमाडौं । तपाईंलाई फोन कल गर्नु छ, तर तपाईसँग मोबाइल छैन । चिन्ता नलिनुहोस् यदि तपाईसँग विण्डोज टेन कम्प्युटर छ र एउटा एन्ड्रोइड डिभाइस छ भने विण्डोज टेन कम्प्युटरबाट पनि फोन कल गर्नसक्नुहुन्छ ।

यसका लागि तपाईंले  सबैभन्दा पहिले फोनको सेटिङ मिलाउनुपर्छ । साथै माइक्रोसफ्टको ‘योर फोन’ एपलाई प्रयोग गरेर कलिङ अप्सनलाई इनेबल गर्नुपर्छ । तर, आइफोन प्रयोगकर्ताले भने यो सुविधा प्रयोग गर्न सक्दैनन् ।

एन्ड्रोइड प्रयोगकर्ताकै लागि पनि यो सेटिङको प्रक्रिया एकदमै अप्ठ्यारो छ । यसबाट काम गर्नका लागि तपाईंको विण्डोज टेनमा मे २०१९ को अपडेट हुनुपर्छ । जसलाई विण्डोज भर्सन १९०३ वा त्यो भन्दा माथिमा पाउन सकिन्छ ।

साथै तपाईको कम्प्युटरमा ब्लुटूथ पनि हुन आवश्यक छ । यसबाहेक तपाईंको एन्ड्रोइड फोनमा पनि ७.० वा त्यो भन्दामाथिको भर्सन हुनुपर्छ ।

यसरी गर्नुहाेस् सेटिङ

१. यो प्रक्रियामा सबैभन्दा पहिले प्रयोगकर्ताले फोनलाई कम्प्युटरसँग लिंक गराउनुपर्छ । यसका लागि कम्प्युटरको सेटिङमा जानुहोस् । त्यहाँबाट ‘द फोन’ एपमा जानुहोस् । फोन लिंक भएको छैन भने ‘एड अ फोन’ बटनमा क्लिक गर्नुहोस् ।

अर्को स्क्रीनमा गएर आफ्नो फोन कुन हो एन्ड्रोइड कि आइफोन त्यो चयन गर्नुहोस् र ‘कन्टिन्यू’ क्लिक गर्नुहोस् । अर्कोतिर आफ्नो एन्ड्रोइड फोनमा गूगल प्लेस्टोरमा जानुहोस् र माइक्रोसफ्टको योर फोन कम्पेनियन एप इन्स्टल गर्नुहोस् ।

रिक्वेस्ट आएको अवस्थामा त्यो एप खोलेर त्यसमा माइक्रोसफ्ट अकाउन्टले साइनअप गर्नुहोस् । देखापर्ने प्रत्येक प्रोम्प्टलाई आवश्यक अनुमति दिनुस् । यदि योर फोन कम्पेनियन एप तपाईंको लागि सधै उपलब्ध होस् भन्ने चाहनुहुन्छ भने ‘अलाउ’ बटनमा ट्याप गर्नुहोस् । 

२. अब कम्प्युटरमा फर्केर आउनुहोस् । योर फोन कम्पेनियन एप इन्स्टल भइसकेर ‘एस’ लेखिएको बक्स चेक गर्नुहोस् । अब क्यूआर कोड खोल्न बटन थिच्नुहोस् ।

अब तपाईंको एन्ड्रोइड फोनमा कम्प्युटरसँग कनेक्सन स्थािपित हुन दिन ‘अलाउ’मा ट्याप गर्नुहोस् । अब तपाईंले आफ्नो फोन र कम्प्युट लिंक भएको संकेत स्क्रीनमा देख्न सक्नुहुन्छ । 

३. तपाईंको कम्प्युटरमा योर फोन एप खोलिरहेको हुन्छ । यदि तपाईंले देख्नुभएन भने ‘स्टार्ट’ बटनमा क्लिक गर्नुहोस् र योर फोन सर्टकटबाट त्यस एपलाई खोल्नुहोस् ।

योर फोन एपका लागि विण्डोजमा सेटिङ क्लिक गर्नुहोस् र त्यसपछि सेटिङ पेजमै तलतिर स्क्रोल गरेर कल सेक्सनमा जानुहोस् । त्यहाँ फोनबाट आउने/जाने कललाई सम्भव पार्न अलाउ बटनलाई टर्नअन गर्नुहोस् । 

४. तपाईंको कम्प्युटरमा रहेको योर फोन एपभित्रको बायाँतिरको आइकनमा कलको लागि क्लिक गर्नुहोस् । त्यहाँ सेटअप बटन क्लिक गर्नुहोस् । ब्लुटूथ डिभाइसका लागि फोनलाई देखिने बनाउन अलाउ ट्याप गर्नुहोस् । त्यसपछि आफ्नो कम्प्युटर र फोनमा डिस्प्ले भएकाे पिनलाई कन्फर्म गर्नुहोस् ।

अब आफ्नो कम्प्युटरमा यस क्लिक गर्नुहोस् र आफ्नो फैनसँग त्यसलाई जोड्न ‘पेयर’ ट्याप गर्नुहोस् । यदि फोकस असिस्ट टर्नअन भएको छ भने त्यसलाई टर्नअफ गर्न तपाईंलाई नोटिफिकेसन आउँछ र तपाईंको फोन कल इनेबल हुन्छ । 

५. अब फोन कल गर्न चाहनुहुन्छ भने कम्प्युटरमा देखिएको योर फोन एपको डायलप्याड स्क्रीनमा आफूले सम्पर्क गर्न चाहेको नम्बर थिच्नुहोस् ।

त्यसपछि डायलप्याडको तल रहेको फोन आइकनमा क्लिक गर्नुहोस् । अब कुराकानी गर्नुहोस् र फोन कल समाप्त भइसकेपछि ह्याङ अप आइकन क्लिक गर्नुहोस् । 

एजेन्सीकाे सहयाेगमा

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३