close

ओराकल र टिकटकबीचको साझेदारीमा ‘भिलेन’ बन्दै ट्रम्प !

टेकपाना टेकपाना

असोज १, २०७७ २०:३

ओराकल र टिकटकबीचको साझेदारीमा ‘भिलेन’ बन्दै ट्रम्प !

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै ओराकल र टिकटकबीच भएकाे ट्रस्टेड बिजनेश साझेदारीप्रति प्रश्न उठाएका छन् । ओराकललाई थोरै मात्र शेयर दिने बाइटड्यान्सको प्रस्तावका बारेमा पत्रकारले साेधेकाे एक प्रश्नमा ट्रम्पले आफूलाई यो सम्झौता मन नपरेको प्रतिक्रिया दिएका छन् ।

उनले भने, ‘यो प्रस्तावमा साइन गर्न म तयार छैन । उनीहरूले मलाई भोलि रिपोर्ट बुझाउँदै छन्, यसपछि के हुन्छ, सबैलाई जानकारी गराउनेछु ।’

ओराकल र बाइटड्यान्सबीच भएकाे समझदारीको प्रस्तावबारे ट्रम्पलाई जानकारी गराउने तयारी भइरहेकाे छ । याे सम्झाैता कार्यान्वयनमा ल्याउन चीन र अमेरिका दुवै देशका सरकारले अनुमति दिनुपर्छ ।

ट्रम्पले अमेरिकी व्यवसायमा बाइटड्यान्सको कुनै पनि स्वामित्व नरहोस् भन्ने चाहेका छन् । तर यो सम्झौता अनुसार चिनियाँ कम्पनीले अझै अमेरिकी व्यवसायमा नियन्त्रण गर्ने तर्क उनको छ ।

अमेरिकाका ६ वटा रिपब्लिकन सिनेटरले प्रशासनलाई बाइटड्यान्सको नियन्त्रण रहँदासम्मको टिकटकसँगकाे सम्झौता अस्वीकार गर्न आग्रह गरेका छन् ।

ट्रम्पले टिकटककाे अमेरिकी व्यवसाय अमेरिकाकै कम्पनीलाई नबेच्दासम्म टिकटक प्रतिबन्ध जारी रहने बताउँदै आएका छन् ।

ओराकल र बाइटड्यान्सबीचको डिलको सम्बन्धमा थुप्रै शर्तका विषयहरु अझै अज्ञात छन् । वाल स्ट्रिट जर्नलको रिपोर्ट अनुसार दुई कम्पनीबीच निश्चित सम्पत्ति आदानप्रदान बिनाको साझेदारी हुनेछ ।

-एजेन्सीकाे सहयाेगमा

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०