close

पब्जी माथिको प्रतिबन्ध हटाउँदै भारत

टेकपाना टेकपाना

कात्तिक २३, २०७७ १२:५७

पब्जी माथिको प्रतिबन्ध हटाउँदै भारत

काठमाडौं । लोकप्रिय मोबाइल गेम पब्जी भारतमा पुनः आउने भएको छ । यसका लागि पब्जी मोबाइलकाे स्वामित्वकर्ता क्राफ्टन इंकले माइक्रोसफ्टसँग साझेदारी गरेकाे छ ।

साझेदारी अनुसार पब्जी मोबाइल अब माइक्रोसफ्टको अजुर क्लाउड प्लेटफर्ममा होस्ट हुनेछ। भारतमा केन्द्रीय सरकारले साइबर सुरक्षा र देशको सार्वभौमिकतामा खतरा भएकाे भन्दै पब्जी प्रतिबन्ध गरेको थियो।

त्यतिबेला पनि पब्जीले पुन: आफू भारत फर्किने दाबी गरेको थियो । दक्षिण कोरियाली कम्पनी क्राफ्टन पब्जी कर्पाेरेशनको स्वामित्वकर्ता हो र यसले नै अब पूर्ण रूपमा पब्जी मोबाइलको सञ्चालन गर्नेछ ।

अक्टबर ३० मा प्रकाशन र वितरणकाे अधिकार पाएकाे चिनियाँ कम्पनी टेन्सेन्टले भारतमा पब्जी माेबाइल सर्भरका लागि सबै सेवा बन्द गर्दै इण्डियन आईपी राइट क्राफ्टनलाई फिर्ता गरेको थियाे ।

यसपछि निरन्तर भारतसँग कुराकानीमा रहेकाे पब्जी गेमले अन्तत: रिइन्ट्री मार्ने भएकाे हाे । यसका लागि पब्जीकाे डेभलपिङ स्टुडियाे पनि क्राफ्टनले नै सञ्चालन गर्दै आएको छ ।

मिडिया रिपोर्टका अनुसार भारतमा दिपावालीअघि नै ब्याटल रोयल खेल पब्जी फिर्ताको घोषणा हुन सक्छ । यति मात्रै होइन, पब्जी करपाेरेशनले भारतमा यसको भविष्यको बारेमा ठूलो घोषणा पनि गर्न सक्ने जनाइएको छ ।

-एजेन्सीकाे सहयाेगमा

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०