close

पोर्नहबसँग भिसा र मास्टरकार्डको सम्बन्ध विच्छेद

टेकपाना टेकपाना

मंसिर २८, २०७७ १७:११

पोर्नहबसँग भिसा र मास्टरकार्डको सम्बन्ध विच्छेद

काठमाडौं । नेपालसहित संसारभर सेवा सञ्चालन गरिरहेको भुक्तानी सेवा प्रदायक कम्पनी भिसा र मास्टरकार्डले एडल्ट साइट ‘पोर्नहब’ सँगको सम्बन्ध तोडेका छन् ।

केही समयअघि न्यूयोर्क टाइम्सका स्तम्भकार निकोलस क्रिस्टोफरले भिसा र मास्टरकार्डको पोर्नहबसँगको सम्बन्धबारेमा लेखेको स्तम्भले विवादमा तानिएका मास्टर्सकार्ड र भीषाले हाल आएर पोर्नहबसँगको व्यवसायिक सम्बन्ध तोडेको हुन् ।

क्रिस्टोफरले लेखेको उक्त स्तम्भमा अश्लील भिडियो प्रसारण गर्ने साइट ‘पोर्नहब’ सँग भिसा र मास्टरकार्डको गहिरो सम्बन्ध रहेको उल्लेख गरेका थिए । भने, यी दुई कम्पनीले पोर्नहबलाई बढावा दिन समेत प्रेरित गरिरहेको उल्लेख गरेका थिए ।

‘पोर्नहबलाई आर्थिकरूपमा सबल बनाउनका लागि मास्टरकार्ड र भिसाको ठूलो भूमिका छ,’ न्यूयोर्क टाइम्समा छापिएको स्तम्भमा भनिएको थियो, ‘पोर्नहबमा बदलाको भावनाले भिडियो बनाइएको, सम्बन्धित ब्यक्तिको स्वीकृति बिनै भिडियो हालिएको हुन्छ ।’

यसरी अरुको स्वीकृत बिना भिडियो हाल्ने, बदलाको भावना देखाउने खालका क्रियाकलाप प्रेरित गर्ने साइटमा भुक्तानी प्रदायकको रुपमा सेवा उपलब्ध गराएर त्यस्ता साइटलाई अघि बढ्न सहयोग पु¥याएको भनी उल्लेख गरिएको उक्त लेखले मास्टर्सकार्ड र भिषालाई ठूलो असर परेको थियो ।

उक्त स्तम्भ प्रकाशित भएसँगै मास्टर्सकार्ड र भिषाले यस विषयमा आपूmहरु अध्ययन गर्ने र स्तम्भमा उल्लेख गरिएजस्तै अरुको स्वीकृत बिना भिडियो हाल्ने खालका काम भएको पाइएमा सम्बन्ध तोड्न आपूmहरु तयार रहेको बताएका थिए ।

अध्ययनको क्रममा पोर्नहबमा बालबालिकाको भिडियो हाल्ने, अरुको स्वीकृत बिना भिडियो हाल्ने लगायतका काम भएको पाइएको छ । यो विषयमा पोर्नहबले पनि आफ्नो नीतिगत परिवर्तन गरिसकेको छ । तर, पनि मास्टर्सकार्ड र भिषाले भने कम्पनीसँगको सम्बन्धलाई तोड्न बताएका छन् ।

मास्टर्सकार्डले पूर्णरुपमा पोर्नहबसँगको सम्बन्ध सकिएको जनाएको छ । भिसाले हालसम्म पनि अध्ययन भइरहेकाले केही समयको लागि उक्त सेवा रोक लगाइएको बताएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४