close

१२ वर्षीया बालिकाको टिकटक विरुद्ध मुद्धा हाल्ने तयारी

टेकपाना टेकपाना

पुस १७, २०७७ ११:२५

१२ वर्षीया बालिकाको टिकटक विरुद्ध मुद्धा हाल्ने तयारी

काठमाडौं । इंल्याण्डकी १२ वर्षीया बालिकाले टिकटक विरुद्ध मुद्धा दायर गर्ने तयारी गरेकी छन् । बालबालिकाको डेटा अवैध रुपमा प्रयोग गरेको भन्दै टिकटक विरुद्ध उनले मुद्दा दायर गर्ने तयारी गरेकाे बताइएकाे छ ।

यदि यो मुद्दा दायर भएर अघि बढेको खण्डमा ती बालिकाको जानकारी पूर्ण रुपमा गोप्य राख्न अदालतले निर्देशन दिएको छ । त्यसैले उनका बारेमा कुनै जानकारी भने बाहिर ल्याइएको छैन । इंग्ल्याडका लागि बालबालिका सम्बन्धी काम गर्ने आयोगकी आयुक्त आनी लङफिल्डको सहयोगमा उक्त बालिकाले अदालतमा मुद्दा दर्ता गराउने भएकी हुन् ।

टिकटकले युके र युरोपियन युनियनको डेटा प्रोटेक्सन सम्बन्धी कानुन तोडेको भन्दै उनले टिकटक विरुद्द मुद्धा दर्ता गर्ने भएकी छन् ।

तर, टिकटकले भने बालबालिकाको हकमा आफ्नो नीति कडा रहेको दाबी गर्ने गर्छ । उसले १३ वर्षभन्दा मुनिका बालबालिकालाई टिकटकमा जोडिन नै नदिने बताएको छ ।

लङफिल्डले भने १६ वर्षभन्दा मुनिका बालबालिकाको सुरक्षाको लागि यो मुद्दाको तयारी भएको उल्लेख गरेकी छन् ।

‘टिकटकले आफ्नो भिडियो रिकमेण्डेशनलाई बलियो बनाउन बालबालिकाको डेटा संकलन गरिरहेको छ,’ उनले भनिन्, ‘जसमार्फत भिजिटर आकर्षित हुने र त्यसबाट कम्पनीले आम्दानी गरिरहेको छ ।’

आयुक्तले लण्डनको अदालतलाई भिडियो लिंक पठाएर तत्कालै टिकटकलाई बालबालिका सँग सम्बन्धित डेटा पूर्ण रुपमा डिलिट गर्ने निर्देशन आउने आशा उनले गरेकी छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०