close

ट्रम्पको ट्वीटर अकाउन्ट सधैंका लागि बन्द

टेकपाना टेकपाना

पुस २५, २०७७ ८:४

ट्रम्पको ट्वीटर अकाउन्ट सधैंका लागि बन्द

काठमाडौं । निरन्तर नियम विपरित ट्वीट गरेपछि ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर अकाउन्ट स्थायी रुपमै बन्द गरिदिएको छ । हालैमात्र संसद भवनमा हिंसा भड्काउन उक्साएपछि उनलाई १२ घण्टासम्म अकाउन्ट निलम्बन गरिएको थियो ।

शुक्रबार ट्वीटरले ट्रम्पमाथि गहन समीक्षा गर्दै यस्तो निर्णय लिएको बताएको छ । तर यसअघि पटक पटक ट्वीटरको चेतावनीलाई ट्रम्पले बेवास्ता गर्दै आएका थिए ।

ट्वीटरले आफ्नो बयानमा भनेको छ, ‘राष्ट्रपति ट्रम्पका हालैका ट्वीटहरुलाई गहनपूर्वक समीक्षा गरी @realDonaldTrump अकाउन्ट सधैंका लागि बन्द गर्ने निर्णय लिइयो ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१