close

व्यक्तिगत घटनाको अनलाइन अभिलेख राख्ने काम सुरु

टेकपाना टेकपाना

पुस २५, २०७७ १२:५४

व्यक्तिगत घटनाको अनलाइन अभिलेख राख्ने काम सुरु

कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले व्यक्तिगत घटनाको अनलाइन अभिलेखीकरण गर्ने काम सुरु गरेको छ । सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सुदृढीकरण आयोजना अन्तर्गत अनलाइन अभिलेखीकरण गर्न थालिएको हो ।

नगरपालिका हुनुअगाडि कावासोतीमा गाभिएका कावासोती. शिवमन्दिर, पिठौली, कुमारवर्ती र अग्यौली गाविसका अभिलेख ढड्डामा राखिएका थिए । तिनै पुराना व्यक्तिगत घटनालाई डिजिटाइज गरिएको कावासोती नगरपालिका प्रमुख चन्दकुमारी पुनले जानकारी दिइन् ।

२०४० सालदेखि ढड्डामा रहेका जन्म, मृत्यु, बसाइँसराइ, विवाह दर्ता लगायतका पुराना व्यक्तिगत घटनाको बारेमा जानकारी चाहिएमा अब कावासोती नगरवासीले नागरिकता नम्बर र घटना दर्ताको मितिकै भरमा तुरुन्त फेला पार्न सक्नेछन् ।

अनलाइन अभिलेखीकरणपछि अभिलेख राख्न छिटो र सजिलों हुँदा समयको बचत हुने र सेवाग्राहीले सहज रूपमा सवा लिन पाउने कावासोती नगरपालिका प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरीले बताए । अबको एक महिनाभित्र पुराना सबै घटनाको अनलाइन अभिलेखीकरण गरिने उनको भनाई थियो ।

गोरखापत्रबाट

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१