close

हवाई उडानका बेला अब पाइलट र चालक दलका सदस्यले फोटो र भिडियो खिच्न नपाउने

टेकपाना टेकपाना

पुस २५, २०७७ १७:४०

हवाई उडानका बेला अब पाइलट र चालक दलका सदस्यले फोटो र भिडियो खिच्न नपाउने

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले जहाजका पाइलट र क्याबिन क्रू सदस्यलाई फोटो र भिडियो खिच्न प्रतिबन्ध लगाएको छ । हवाइ उडानका दौरान अब फोटो र भिडियो खिच्न प्रतिबन्ध लगाइएको जानकारी प्राधिकरणले दिएको छ ।

यस्तो क्रियाकलापले उडान सुरक्षामा असर पुग्ने निश्कर्ष प्राधिकरणको छ । यात्रुको हकमा भने प्राधिकरणले यो निर्णय लागू गरेको छैन । पछिल्लो समय पाइछल र क्रु मेम्बरले भिडियो खिचेर व्यक्तिगत युट्युब च्यानल र टिकटक अकाउन्टमा अपलोड गर्ने गर्थे ।

प्राधिकरणका अनुसार इनफ्लाइट पाइलट र उडान दलका सदस्य, प्राधिकरण तथा नेपाल सरकारले रोक लगाएको क्षेत्रमा बाहेक यात्रुले हवाई उडानमा फोटो तथा भिडियो खिच्न सक्नेछन् ।

तर, पाइलट तथा उडान दलका सदस्यले यस्तो गरेमा भने प्राधिकरणको निर्देशन उल्लंघन भएको मानिने भएको छ । यदि भिडियो र फोटो खिच्नै पर्ने अवस्था भएमा प्राधिकरणका महानिर्देशकको अनुमति लिनुपर्ने उल्लेख गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१