काठमाडौं । बजारमा नेपाल टेलिकम, एनसेल र स्मार्ट सेल गरी तीन वटा कम्पनीले मोबाइल सेवा दिइरहेका छन् । भ्वाइस तथा डेटामा सबैको आ–आफ्नै दर–रेट छ ।
नियमित दर–रेट भन्दा सस्तोमा डेटा र भ्वाइस प्रयोग गर्न सकिने गरी कम्पनीहरुले ग्राहकका लागि नयाँ–नयाँ प्याकेज तथा अफरहरु ल्याइरहेका हुन्छन् । तर, पनि त्यसको विषयमा पूर्ण जानकारी नहुँदा हामी प्याकेज नलिएरै महंगोमा सेवा उपभोग गरिरहेका हुन्छौं ।
जसको प्रतिफल कल तथा डेटामा अनावश्यक रुपमा ठूलो खर्च भइरहेको हुन्छ । सामान्यतया मोबाइल सेवाप्रदायकहरुको भ्वाइस र डेटामा दुई प्रकारको सर्भिस मोडल छ ।
एउटा ‘पे एज यु गो’ अर्थात जति भ्वाइस तथा डेटा प्रयोग गर्यो त्यति नै रकम तिर्नुपर्ने । अर्को ‘प्याक मोडल’, प्रयोगकर्ताले निश्चित शूल्क तिरेर प्याक किन्नुपाउने ।
दुवै मोडलका आआफ्नै फाइदा बेफाइदा छन् । प्याक मोडलमा प्रयोग गरे पनि नगरे पनि निश्चित अवधिमा पैसा सकिएर जान्छ ।
तर, यसमा ‘पे एज यु गो’ मोडलको तुलनामा सेवा निकै सस्तो पर्न जान्छ । यदि तपाईं नियमित र धेरै फोन वा डेटा प्रयोग गर्नुहुन्छ भने तपाईंका लागि प्याक मोडल नै उपयुक्त हुन्छ ।
एनसेलको डेटा प्याक ‘पे एज यु गो’ र ‘डेटा प्याक’ गरी दुवै मोडलमा उपलब्ध छ । ‘पे एज यु गो’ मोडलमा एनसेलको डेटा प्रयोग गर्दा प्रति एमबी दुई रुपैयाँ पर्न जान्छ । तर, प्याक खरिद गरी प्रयोग गर्दा प्रति एमबी दुई-तीन पैसामै चलाउन सकिन्छ ।
यदि तपाईं मोबाइलमा धेरै डेटा प्रयोग गर्नुहुन्छ भने प्याक लिएर सेवा प्रयोग गर्नु नै तपाईंका लागि उपयुक्त हुनेछ । तपाईंले कम्पनीको मोबाइल एप, वेबसाइट, मोबाइल वालेट अथवा मोबाइलबाट सोझै *17123# डायल गरी एनसेल विभिन्न डेटा प्याकहरु रोजेर लिन सक्नुहुन्छ ।
झट्ट हेर्दा प्रति एमबी सस्तो देखिए पनि यदि प्याक खरिद गरेर सम्पूर्ण रुपमा खपत गर्न सक्नु भएन भने चाहिँ तपाईंलाई प्याक लिएको डेटा महंगो पर्न सक्छ । त्यसैले आफ्नो लागि उपयुक्त डेटा प्याक रोज्नु अघि आफ्नो आवश्यकता र प्रयोगको विषयमा राम्रोसँग सोच्नुहोस् ।
आज हामी तपाईं एनसेलले उपलब्ध गराइरहेका विभिन्न डेटा प्याकहरु मध्ये तपाईंका लागि कुन उपयुक्त हुन सक्छ र प्रति एमबी सबैभन्दा सस्तो प्याक कुन छ भन्ने विषयमा बताउँदै छौं ।
एक घण्टे प्याक
एनसेलमा २२ रुपैयाँमा एक घण्टासम्म अनलिमिटेड इन्टरनेट चलाउन सकिन्छ ।
अलटाइम डेटा प्याक
एनसेलको यो प्याक अन्तर्गत एक दिनदेखि ३० दिन समयावधि रहेका विभिन्न प्याकेजहरु उपलब्ध छन् । जसअन्तर्गत तपाईंले प्रति एमबी २.६६ पैसामा मोबाइल डेटा चलाउन सकिन्छ ।
| अवधि | भोलुम | मूल्य | दर (प्रति एमबी) |
| १ दिन | १५० एमबी | १८ | १२ |
| ३ दिन | ८०० एमबी | ४२ | ५.२५ |
| ७ दिन | १.५ जीबी | ९८ | ६.५ |
| १४ दिन | २ जीबी | १३९ | ६.९५ |
| ३० दिन | ३.५ जीबी | २४९ | ७.१ |
| ३० दिन | ६ जीबी | ३९९ | ६.६५ |
| ३० दिन | १० जीबी | ४९९ | ४.९९ |
| ३० दिन | ३० जीबी (प्रति दिन १ जीबी) | ७९९ | २.६६ |
अल्वेज अन
एनसेलको अल्वेज अन प्याकेज अन्तर्गत दुई वटा विकल्प छन् । जसमा प्रति एमबी २.५३ पैसा मै डेटा चलाउन सकिन्छ । तर यसमा उपलब्ध बढी जसो डेटा राति ११ बजेदेखि बिहान ११ बजेसम्म प्रयोग गर्नुपर्ने हुन्छ भने बाँकी डेटा जुनसुकै बेला प्रयोग गर्न सकिन्छ ।
| अवधि | अलटाइम भोलुम | राति ११-बिहान ११ सम्म | मूल्य | दर प्रति एमबी |
| १ दिन | २५६ एमबी | ७६८ एमबी | २६ | २.५३ |
| ३ दिन | ४०० एमबी | १२०० एमबी | ४७ | २.९४ |
फोरजी डेटा प्याक
एनसेलले फोरजी डेटा प्याकमा दुई वटा विकल्प छन् । एक दिन र तीन दिन समय अवधिका यी डेटा प्याक तपाईंलाई प्रति एमबीको रुपमा केही महंगो पर्नेछन् ।
| अवधि | अलटाइम | फोरजी | मूल्य | प्रति एमबी पैसा |
| १ दिन | ४० एमबी | ४० एमबी | १२ | १५ |
| ३ दिन | १२० एमबी | १२० एमबी | ३७ | १५.४१ |
नन स्टप फोरजी
पछिल्लो समय निकै लोकप्रिय रहेको एनसेलको नन स्टप फोरजी प्याकमा सस्तो डेटासँगै अनलिमिटेड युट्युव, फेसबुक र टिकटक प्रयोग गर्न सकिन्छ । यसमा अनलिमिटेड सेवामात्र होइन डेटा समेत प्रति एमबी ३.१७ पैसा मात्र पर्न आउँछ ।
युट्युव, फेसबुक र टिकटकमा असीमित रमाउन र पर्याप्त डेटा सहिको यो प्याक सबैभन्दा उपयुक्त हुन सक्छ ।
| अवधि | अनलिमिटेड | प्लस | मूल्य रु | दर प्रति एमबी |
| ७ दिन | युट्युव र फेसबुक | ४ जीबी | १९१ | ४.७७ |
| ७ दिन | युट्युव | ४ जीबी | १२७ | ३.१५ |
| ३० दिन | युट्युव | ६ जीबी | ४५९ | ७.६५ |
| १ दिन | फेसबुक | ३१ | ||
| ७ दिन | फेसबुक | ४ जीबी | १२७ | ३.१७ |
| ३० दिन | फेसबुक | ६ जीबी | ४५९ | ७.६५ |
| १ दिन | टिकटक | ३१ | ||
| ७ दिन | टिकटक | ४ जीबी | १२७ | ३.१७ |
| ३० दिन | टिकटक | ६ जीबी | ४५९ | ७.६५ |
मेरो प्लान
यस अन्तर्गतको प्याकेज लिँदा त्यसको अवधि अथवा भोलुम समाप्त भएलगत्तै स्वतः त्यही प्याकेज नवीकरण हुने गर्दछ । यो प्याकेज अन्तर्गत तपाईंले प्रति एमबी ३ पैसासम्म सस्तोमा मोबाइल डेटा प्रयोग गर्न सक्नुहुन्छ ।
| अवधि | डेटा | मूल्य रु | दर प्रति एमबी |
| ७ दिन | २ जीबी | ९५ | ४.७५ |
| ७ दिन | ननस्टप युट्युव प्लस ४ जीबी | १२७ | ३.१७ |
| १५ दिन | २ जीबी | १४७ | ७.३५ |
| ३० दिन | ३ जीबी | २५४ | ८.४७ |
| ३० दिन | ६ जीबी | ३८१ | ६.३५ |
| ३० दिन | १५ जीबी | ६३७ | ४.२४ |
| ३० दिन | ३० जीबी | ९८० | ३.२७ |
| ३० दिन | ४० जीबी | ११९९ | ३ |
न्यु प्लान
एनसेलको न्यु प्लान खासगरी थोरै डेटा प्रयोग गर्ने तर भ्यालिडिटी बढी चाहनेहरुलाई लक्षित गर्दै ल्याइएको हो । यसमा प्रति एमबी १३.२ पैसामा मोबाइल डेटा प्रयोग गर्न सकिने विकल्पहरु छन् ।
| अवधि | डेटा | मूल्य रु | प्रति एमबी |
| ३ दिन | ६५ एमबी | १९ | २९.२३ पैसा |
| ५ दिन | १५० एमबी | ३९ | २६ पैसा |
| ७ दिन | २०० एमबी | ४९ | २४.५ पैसा |
| १० दिन | ३०० एमबी | ५९ | १९.६७ पैसा |
| १४ दिन | ४०० एमबी | ६९ | १७.२५ पैसा |
| २१ दिन | ५५० एमबी | ७९ | १४.३६ पैसा |
| ३० दिन | ७५० एमबी | ९९ | १३.२ पैसा |
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१
