close

महिला डेभलपरका लागि ह्वावेको नयाँ प्लेटफर्म, यसरी हुनुहोस् सहभागी

टेकपाना टेकपाना

फागुन २६, २०७७ १४:५१

महिला डेभलपरका लागि ह्वावेको नयाँ प्लेटफर्म, यसरी हुनुहोस् सहभागी

काठमाडौं । ह्वावेले महिला डेभलपरलाई लक्षित गर्दै नयाँ कार्यक्रम सुरूवात गरेकाे छ । विश्वव्यापी परिवर्तन गर्नसक्ने एप र उपकरण विकास गर्ने उद्देश्यका साथ ह्वावेले वुमन डेभलपर्स प्रोग्राम (एडब्लुडी) ल्याएकाे हाे ।

यसअन्तर्गत महिलाहरुलाई उनीहरुको करिअर विकास र प्रशिक्षणका लागि विभिन्न अवसरका साथै आवश्यक प्लेटफर्म प्रदान गर्ने याेजना कम्पनीकाे छ ।

याे कार्यक्रममा विश्वभरका महिला डेभलपरले सहभागिता जनाउन सक्नेछन् । इच्छुक महिलाले याे वेबसाइट गएरमा दर्ता गर्नुपर्ने छ ।

‘डिजिटल युगमा महिलाहरूलाई उनीहरूको शिक्षा र प्रशिक्षणमा पहुँच सुनिश्चित गर्न अझ बढी अवसर र समर्थन दिन आवश्यक छ,’ ह्वावेका वरिष्ठ उपाध्यक्ष चेन लिफांगले भने, ‘यसले महिलालाई अहिलेको डिजिटल अर्थव्यवस्थामा प्रतिस्पर्धी बनाउन मद्दत पुग्नेछ ।’

ह्वावे वुमन डेभलपर्स प्रोग्रामले महिलालाई उनीहरूको कला र विशेष भ्यालुको राम्रो उपयोग गर्न मद्दत पुर्‍याउने उनले बताए ।

‘उनीहरूलाई नेतृत्व क्षमता प्रदर्शन गर्ने अवसरसमेत यसले दिनेछ । कम्पनीले लैंगिक समानता प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धता अनुरुप यो कार्यक्रम सुरु गरेको हो,’ उनले भने ।

उक्त प्लेटफर्ममा ह्वावेले महिला डेभलपरका लागि एक विशेष ग्रुप सिर्जना गर्ने र अनलाइन, अफलाइन इभेन्ट्सको श्रृंखला आयोजना गर्ने जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१