close

डेटिङ एपमा कुरा चुहाउँदा क्यापिटल दंगाका संदिग्ध आरोपी पक्राउ

टेकपाना टेकपाना

बैशाख १२, २०७८ १०:५०

डेटिङ एपमा कुरा चुहाउँदा क्यापिटल दंगाका संदिग्ध आरोपी पक्राउ

काठमाडौं । गत जनवरीमा वासिङटनस्थित क्यापिटल भवनमा भएको दंगाबारे डेटिङ एपमा कुरा गर्ने एक व्यक्तिलाई अमेरिकी प्रहरीले पक्राउ गरेको छ ।

न्यूयोर्कका रोबर्ट चापम्यान नामका एक व्यक्तिले बम्बल डेटिङ एपमा आफ्ना म्याचर (डेटिङ पार्टनर) सँग क्यापिटल दंगामा आफू पनि सहभागी भएको बताएका थिए । त्यसैकाे आधारमा संघीय अनुसन्धान ब्यूराे (एफबीआई) ले ती व्यक्तिलाई दंगामा सहभागी भएको आशंकामा पक्राउ गरेको हो ।

रोबर्टका डेटिङ पार्टनरले पछि उक्त स्क्रिनशटलाई एफबीआईसँग शेयर गरेका थिए । एफबीआईका अनुसार रोबर्टले दंगामा आफू पनि सहभागी भएर स्ट्याचुटाेरी हलमा प्रवेश गरेको बताएका थिए ।

त्यसपछि गत जनवरी ६ मा भएको क्यापिटल दंगाको भिडियो फुटेजमा प्रहरीले रोबर्टलाई स्ट्याचुटाेरी हलमा क्याप्चर गरेको थियो । -एजेन्सी

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१