close

वर्ल्डलिङ्कका सह-संस्थापक विजय जलानको निधन

टेकपाना टेकपाना

बैशाख ३०, २०७८ १२:६

वर्ल्डलिङ्कका सह-संस्थापक विजय जलानको निधन

काठमाडौं । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन लिमिटेडका सहसंस्थापक तथा निर्देशक विजय जलानको मृत्यु भएको छ । कोभिड संक्रमित ४६ वर्षीय जलानको उपचारका क्रममा बिहीबार बिहान मेडिसिटी अस्पतालमा निधन भएको हो ।  

गत १८ वैशाखमा अस्पताल भर्ना भएका उनको स्वास्थ्य अवस्था पछिल्ला दिनहरुमा सुधारोन्मुख रहेको थियो । बुधबार बेलुकी भेन्टेलेटरबाट बाहिर निकालिएका उनलाई केही असहज भएपछि पुनः भेन्टिलेटरमै सारिएको थियो ।

तर सुधारोन्मुख अवस्थामा फर्किसकेका जलानको आज बिहान अचानक मृत्यु भएको हो । वैशाख १५ गते नर्भिकमा परीक्षण गराउँदा उनमा कोभिड १९ संक्रमण देखिएको थियो ।

इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आइस्पान) का वरिष्ठ सल्लाहकार तथा कार्यकारी सदस्य समेत रहेका जलान वर्ल्डलिङ्कका अध्यक्ष दीलिप अग्रवालका मामाका छोरा हुन् । उनी कम्पनीको व्यवस्थापकीय जिम्मेवारी सम्हाल्दै आएका थिए । उनका श्रीमतीको साथमा एक छोरा छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४