close

‘डिजिटल इनोभेसनका कारण हरेक उद्योगको भविष्य उज्यालो’

टेकपाना टेकपाना

असार १९, २०७८ १०:१

‘डिजिटल इनोभेसनका कारण हरेक उद्योगको भविष्य उज्यालो’

काठमाडौं । ह्वावेका कार्यकारी निर्देशक एवं क्यारियर बिजनेश प्रमुख रायन डिंगले इनोभेसनले प्रत्येक उद्योगको भविष्यलाई उज्यालो बनाउने बताएका छन् । वर्ल्ड कंग्रेस बार्सिलोना २०२१ अन्तर्गत आयोजना भएको इनोभेसनः लाइटिङ अप द फ्युचरमा बोल्दै उनले इनोभेसन विश्वव्यापी अर्थतन्त्रको प्रमुख चालक बन्न पुगेको बताए ।

इनोभेसनको भ्यालु टेलिकम उद्याेगभन्दा धेरै बन्दै गएको बताउँदै उनले हाल भइरहेको इनोभेसनले विशेष गरी अपरेटर, आईसीटी उद्याेग र विश्वव्यापी अर्थतन्त्रलाई बढी महत्व दिएकाे भनाइ राखे ।

डिंगले भने, ‘महामारीले एउटा खालका नयाँ जिवनयापन सिर्जना गरेको छ, जहाँ डिजिटल अर्थव्यवस्थाले  विश्वव्यापी अर्थव्यवस्थाको लागि प्रेरित गरिरहेको छ । जसका आधारशिलाको रुपमा आईसीटी इन्फ्रास्ट्रक्चरले महत्वपूर्ण भूमिका खेलिरहेका छन् ।’

हाल जुन देशमा फाइभजी द्रुत गतिमा विकास भइरहेको छ, त्यहाँ अपरेटरहरूकाे छिटो राजस्व वृद्धि भएको तर्क उनकाे छ । चीनलाई उदाहरणको रूपमा लिँदै उनले भने, ‘१८ महिनाभन्दा कम समयमा ८ लाख २० हजारभन्दा बढी फाइभजी बेस स्टेसनहरू परिचालन गरिएको छ ।

चिनियाँ अपरेटरहरूले यस वर्षको पहिलो त्रैमासिक अवधिको राजस्वमा ६.५ प्रतिशत र खुद नाफा ५.६ प्रतिशतले वृद्धि हासिल गर्न सफल भएका छन् । फाइभजीद्वारा सञ्चालित डिजिटल पूर्वाधारको द्रुत विकासले आगामी पाँच वर्षमा चिनियाँ अर्थ व्यवस्थामा १.९ ट्रिलियन युरो थप गर्ने उनले बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३