close

जेफ बेजोससँगै ८२ वर्षीय महिला पनि अन्तरिक्ष यात्रामा जाँदै

टेकपाना टेकपाना

असार १८, २०७८ १७:४२

जेफ बेजोससँगै ८२ वर्षीय महिला पनि अन्तरिक्ष यात्रामा जाँदै

काठमाडौं । अमेजनका मालिक तथा सीईओ जेफ बेजोस यही जुलाई २० तारिखमा अन्तरिक्ष यात्रामा जाँदै छन् । ब्लु ओरिजिनले निर्माण गरेको स्पेस रकेटमार्फत उनी अन्तरिक्ष यात्रा गर्न लागेका हुन् । उनको उक्त यात्रामा उनका भाइका साथै कुल ६ जना सवार हुनेछन् ।

हालसम्म अन्तरिक्ष यात्रामा जानेहरूकाे नाम निश्चित भए पनि सबैकाे परिचय सार्वजनिक भने गरिएकाे छैन । हालै स्वतन्त्र व्यक्तिको रुपमा बेजोससँग यात्रा गर्न एक व्यक्तिले टिकेटको मूल्य २ करोड ८० लाख डलर (करिब ३ अर्ब २८ करोड रूपैयाँ) तिरेका छन् । उनका नामसमेत सार्वजनिक गरिएको छैन ।

तर, यसैबीच बेजोसको यात्रामा जाने एक ८२ वर्षीय महिलाका नाम भने सार्वजनिक भएको छ । वाल्ली फंक नाम गरेकी ८२ वर्षीय ती महिलाले विगत ६० वर्षदेखि अन्तरिक्षमा जानका लागि प्रयास गरेकी थिइन् । उनी पाइलट पनि हुन् । उनले अन्तरिक्षमा जानका लागि आवश्यक तालिम समेत लिएको भएता पनि हालसम्म यात्रा भने गर्न पाएकी थिइनन् ।

तर, अब भने उनको सपना पुरा हुने भएको छ । बेजोसले उनलाई ‘अनर्ड गेष्ट’ को रुपमा यात्रामा सँगै लैजाने निर्णय गरको हुन् । योसँगै फंक स्पेसमा यात्रा गर्ने सबैभन्दा वृद्ध मान्छे समेत हुनेछिन् । ब्लु ओरिजनको उक्त स्पेस रकेट पृथ्वीको सतहबाट १०० किलोमिटर माथि पुग्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३