close

प्रविधिले यसरी सहज बनाउँदैछ श्रमिकको दैनिकी

टेकपाना टेकपाना

साउन ३१, २०७८ १३:५३

प्रविधिले यसरी सहज बनाउँदैछ श्रमिकको दैनिकी

काठमाडौं । सेजर डेभिड गोन्जालवेज घरमा रङ्ग लगाउने देखि काठका विभिन्न सामाग्रीहरू बनाउने, मर्मत गर्ने सम्मका काम गर्छन् । उनी अमेरिकास्थित लस एन्जेल्सको सबै भन्दा धेरै गर्मी हुने ठाउँ मध्ये एक स्यान फर्नान्डोमा बसोबास गर्छन् ।

५६ वर्षीय गोन्जालवेज ४० डिग्री भन्दा माथि तापक्रममा हप्ताको सातै काम गर्छन् । उनी लगायत उनको समूहमा काम गर्ने साथीहरू सूर्यको किरणको आधारमा कतातिर उभिएर काम गर्दा ठीक हुन्छ भनेर बुझ्न काममा जानु अगि सधैँ मौसमको जानकारी लिएर जान्छन् ।

अत्याधिक गर्मीलाई छल्नका लागि जुलाई र अगस्ट महिनामा भने उनीहरु अरुबेलाको भन्दा एक घण्टाअघि नै काम सुरु गर्छन् । कहिले कहिँ त काममै गर्मीले बेहोस हुनसक्ने अवस्था समेत उनीहरूले झेल्नुपरेको हुन्छ । यस्तो बेलामा उनीहरु गाडीको एयर कन्डिसनमा बस्छन्, भने कतिपय अवस्थामा त समयभन्दा चाँडै कामको साइट नै छोड्नुपर्ने अवस्था समेत आउँछ ।

गोन्जालवेज र उनका सहकर्मीहरू त प्रतिनिधि पात्र मात्रै हुन् । यस्तो कठिनाइबाट गुज्रिरहेका अरूपनि धेरै कामदारहरू छन् । मरुभूमिमा आइस बेच्ने मान्छे छहारी खोज्दै चारैतिर आफ्नो ठेला घुमाउँछ । घाम उदाउँनभन्दा पहिल्यै रिसाइकलर टर्च लिएर निस्किन्छ ।

पोष्टल डेलिभरी वर्कर दिनमा १० माइलसम्म हिँड्छ र स्थानीयवासीले दिएको चिसो पानी खुशी खुशी स्वीकार्छ । यस्ता ससाना सहयोगहरू उनीहरूको लागि जीवनरक्षाको माध्यम हुन् । किनभने यस्तो प्रकृतिको कामले कामदारको कामप्रतिको ध्यान कम गराउने र अन्य दुर्घटना समेत हुनसक्ने एक अनुसन्धानले बताएको छ ।

विशेषगरी निर्माण कम्पनी र कृषिमा काम गर्ने श्रमिकहरू प्रत्यक्ष मारमा परेका छन् । उच्च तापक्रम भएका देशहरूले आफ्ना नागरिकहरूलाई तापक्रम उच्च हुने समयमा बाहिरको काममा आराम लिन समेत सचेत पनि गर्ने गरेका छन् ।

यसका अलावा तापक्रमबाट जोखिममुक्त हुन कुलिङ टेक्नोलोजी एक उत्तम विकल्प हुनसक्छ तर आउटडोर कामको प्रयोगमा उपयुक्त टेक्नोलोजीको प्रयास विकासकै क्रममा छन् ।

यस्तै एउटा डिभाइस रियोन पकेट २ ‘Reon Pocket 2’ सोनीले गएको अप्रिलमा सार्वजनिक गरेको थियो । विद्युतीय उक्त उपकरण कपडामा लगाउन मिल्ने किसिमको उपकरण हो जसले बाहिरको तापक्रम अनुसार शितल अथवा न्यानो गराउने काम गर्दछ । हाललाई भने यो उपकरण जापानमा मात्र उपलब्ध छ । कम्पनीले नै चाडैँ नै अन्य देशहरूमा पनि यो उपकरण सार्वजनिक गर्ने जनाएको छ ।

रियोन पकेटको पहिलो मोडेल लन्च भएको दुई दिनमा दस हजार थान बिक्रि भएको थियो । गल्फ खेल्ने खेलाडीको प्रयोजनलाई लक्षित गरी बनाइएको उक्त पहिलो मोडेलको प्रयोग अन्य केहि कामदारहरुले पनि गरेका छन् ।

जिम्मेवार रोजगारदाताहरूले बाहिर गएर काम गर्नुपर्ने कामदारहरुको हितको लागि यस्तो प्रकारको उपकरण व्यवस्था गर्नु जरुरी छ । स्वच्छ पिउने पानी र शितल बस्ने स्थानको व्यवस्था हुनसके कामदारहरू मर्कामा पर्दैनन् । हाल यो प्रयास भारतमा पनि भइरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१