काठमाडौं । बिटक्वाइन माइनिङले पछिल्लो दुई महिनाको अवधिमा निकै चर्चा बटुलेको छ । यसरी प्रयोगकर्तामाझ बिटक्वाइन माइनिङ रुचिको विषय बनिरहँदा त्यसको फाइदा ह्याकरहरूले उठाइरहेका छन् ।
उनीहरूले बिटक्वाइन माइनिङको नाममा साधारण प्रयोगकर्तालाई मालवेयरयुक्त एप डाउनलोड गर्न लगाएर उनीहरूको डेटा संकलन गर्ने गरेको पाइएको छ ।
खुशीको कुरा के छ भने गुगलले त्यस्ता एप फेला पारी आफ्नो प्लेटफर्मबाट हटाएको छ । त्यसरी हटाइएका सबै एप क्रिप्टोकरेन्सी माइनिङसँग सम्बन्धित रहेका छन् ।
प्रयोगकर्तालाई क्लाउडमा आधारित माइनिङमार्फत ठुूलो आम्दानी गर्नसक्ने भन्दै प्रलोभनमा पारेर त्यस्ता एप डाउनलोड गर्न लगाउने गरेको पाइएको छ ।
जसमा प्रयोगकर्ताले विज्ञापन हेर्दा तथा विभिन्न सर्भिस सब्सक्रिप्सन गर्दा मासिक १५ डलरसम्म आम्दानी हुने भन्दै प्रलोभनमा पार्ने गरेको अध्ययनले देखाएको छ ।
यस्ता एप गुगलले प्ले स्टोरबाट हटाएता पनि यसअघि नै तपाईंले मोबाइलमा डाउनलोड गरिसक्नु भएको खण्डमा भने मोबाइलबाट हटाउन गुगलले आग्रह गरेको छ ।
यस्ता छन गुगलले हटाएका ८ एप
- BitFunds – Crypto Cloud Mining
- Bitcoin Miner – Cloud Mining
- Bitcoin (BTC) – Pool Mining Cloud Wallet
- Crypto Holic – Bitcoin Cloud Mining
- Daily Bitcoin Rewards – Cloud Based Mining System
- Bitcoin 2021
- MineBit Pro – Crypto Cloud Mining & btc miner
- Ethereum (ETH) – Pool Mining Cloud
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१
