close

विश्वभर जुम डाउन, करोडौं प्रयोगकर्ता प्रभावित

टेकपाना टेकपाना

भदौ ७, २०७८ १४:११

विश्वभर जुम डाउन, करोडौं प्रयोगकर्ता प्रभावित


काठमाडौं । भिडिओ कन्फ्रेन्सिङ एप जुम विश्वव्यापी रुपमा डाउन भएको छ । पहिलो चरणमा अष्ट्रेलियामा देखिएको यो समस्या अहिले विश्वका धेरै मुलुकमा देखिएको छ ।

कोभिड–१९ कारण गरिएको लकडाउन र सामाजिक दूरी कायम गर्नु पर्दा पछिल्लो समय धरै व्यवसाय तथा शैक्षिक संस्था जुममा निर्भर भइरहेका छन् । यस्तो सयमा जुम डाउन हुँदा धेरै प्रयोगकर्ता यसबाट प्रभावित भएका छन् ।

नेपालमा समेत केही प्रयोगकर्ताले जुम लगइन नभएको, लगइन भएको जुूम अकाउन्ट क्रयास हुने समस्या भोगिरहेका छन् ।

यो समस्या पछिल्लो २४ घण्टादेखि सुरु भएको डाउन डिटेक्टरले जनाएकाे छ । जसमा कनेक्सनमा समस्या, लगइनमा समस्या, एप क्रयास हुने जस्ता समस्या देखापरेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१