close

प्रविधि कम्पनीलाई अझ बढी कस्दै चीन

टेकपाना टेकपाना

भदौ ७, २०७८ २१:४४

प्रविधि कम्पनीलाई अझ बढी कस्दै चीन

काठमाडौं । चीन सरकारले प्रविधि कम्पनीहरूलाई अझ बढी बाँध्ने योजनाका साथ डेटा प्रोटेक्सनसँग सम्बन्धित कानून पारित गरेको छ ।

पछिल्लो केही समययता चीनले डेटा प्रोटेक्सनको हकमा धेरै नै काम गरिरहेको छ । जसको मारमा चिनियाँ प्रविधि कम्पनी सबैभन्दा बढी रहेका छन् ।

यसै क्रममा चिनियाँ सरकारले ‘पर्सनल इन्फर्मेशन प्रोटेक्सन ल (पीआईपीएल) सार्वजनिक गरेको हो । जसले चिनियाँ प्रविधि कम्पनीले डेटा कलेक्सन गर्ने, डेटा प्रोसेसिङ र त्यसको सुरक्षाको विषयमा धेरै कुरा उल्लेख गरेको जनाइएको छ ।

हालसम्म यो कानूनकाे अन्तिम कपी भने उपलब्ध भएको छैन । तर, विभिन्न चरणमा भएको छलफलपछि चीन सरकारले शुक्रबारमात्रै यो कानून पारित गरेको हो, जसमा प्रयोगकर्ताको जानकारी बिना कुनै पनि डेटा संकलन गर्न नपाइने प्रावधान रहेको जनाइएको छ ।

यसको अर्थ कुनै पनि डेटा संकलन गर्नुपूर्व ग्राहकलाई त्यसको बारेमा जानकारी दिनुपर्नेछ । यदि प्रयोगकर्ताले स्वीकृत नदिएको खण्डमा पनि कम्पनीले आफ्नो सर्भिस प्रयोगकर्तालाई उपलब्ध गराउनु पर्ने बताइएको छ ।

त्यतिमात्रै नभएर चिनियाँ प्रयोगकर्ताको डेटा स्वीकृति बिना देशबाहिर लान नपाइने व्यवस्था ल्याइएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१