close

एन्ड्रोइड डिभाइसमा ह्वाट्सएप च्याट शेयर गर्न अब गुगल ड्राइभ नचाहिने

टेकपाना टेकपाना

बैशाख १८, २०८० १३:५२

एन्ड्रोइड डिभाइसमा ह्वाट्सएप च्याट शेयर गर्न अब गुगल ड्राइभ नचाहिने

काठमाडौं । एन्ड्रोइड डिभाइसहरूबिच ह्वाट्सएप च्याट शेयर गर्नको लागि गुगल ड्राइभ प्रयोग गर्नुपर्ने बाध्यता हट्ने भएको छ । अहिले एन्ड्रोइड प्रयोगकर्ताले आफ्नो ह्वाट्सएप अकाउन्ट अर्को एन्ड्रोइड फोनमा ट्रान्सफर गर्दा च्याट हिस्ट्रिलाई गुगल ड्राइभमा सेभ गर्नुपर्ने हुन्छ ।

अब भने गुगल ड्राइभ प्रयोग नगरी एन्ड्रोइड डिभाइसमा च्याट शेयर गर्न मिल्ने फिचरमा कम्पनीले काम गरिरहेको छ । कम्पनीले एपमा 'च्याट ट्रान्सफर' नामक फिचर थप हुँदैछ । 

एपको सेटिङमा गए च्याट अप्सनमा गएपछि 'च्याट हिस्ट्रि' भन्ने अप्सन देखिन्छ । उक्त अप्सनमा 'ट्रान्सफर च्याट हिस्ट्री टु एन्ड्रोइड फोन'भनेर स्क्रिनमा देखापर्छ । यसपछि उपलब्ध क्यूआर कोड स्क्यान  गरेर डेटा ट्रान्सफरको प्रक्रिया सुरु गर्न सकिन्छ ।                               

यो फिचरको बेटा भर्सन हाल एन्ड्रोइड भी २.२३.९.१९. मा मात्र उपलब्ध गराइएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख १८, २०८० १३:५२