close

अगस्टमा सार्वजनिक हुँदै वानप्लसको पहिलो फोल्डेबल स्मार्टफोन

टेकपाना टेकपाना

जेठ २४, २०८० ९:७

अगस्टमा सार्वजनिक हुँदै वानप्लसको पहिलो फोल्डेबल स्मार्टफोन

काठमाडौं । पछिल्लो समयमा मोबाइल कम्पनीहरूले एक पछि अर्को गर्दै फोल्डेबल स्मार्टफोन धमाधम सार्वजनिक गरिरहेका छन्  । यही दौडमा वानप्लस पनि आएको छ । कम्पनीले आउँदो अगस्ट महिनामा आफ्नो पहिलो फोल्डेबल फोन सार्वजनिक गर्ने घोषणा गरेको हो । 

अमेरिकाको न्यू योर्क शहरमा एक कार्यक्रमबीच यो फोन सार्वजनिक गर्ने तयारी भइरहेको छ । यदि बाहिर आएका अन्य स्मार्टफोनको जानकारीहरूलाई हेर्ने हो भने सामसङको फिल्प र फोल्डको नयाँ स्मार्टफोन सार्वजनिक भएको केही दिनपछि नै यो स्मार्टफोन सार्वजनिक हुनेछ । 

कम्पनीले यो फोन एकैसाथ विश्वभरका देशमा उपलब्ध हुनेगरी सार्वजनिक गर्ने बताएको छ । यो फोनमा १२० हर्ज रिफ्रेसरेट सहितको बाहिरपट्टि ८ इन्चको र भित्र ६.५ इन्चको स्क्रिन हुने बताइएको छ ।

फोनमा स्न्यापड्रागन ८ जेन २ चिपसेट प्रयोग हुनेछ भने यसमा १६ जीबीसम्मको र्‍याम र ५१२ जीबी स्टोरेझ दिइनेछ । फोन एन्ड्रोइड १४ मा आधारित हुनेछ । 

यस्तै फोनमा ४,८०० एमएएचको ब्याट्री हुने बताइएको छ । क्यामेरा तर्फ भने यो फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा सहित ४८ मेगापिक्सेलको अल्ट्रावाइड, ३२ मेगापिक्सेलको पेरिस्कोप टेलिफोटो र ३२ मेगापिक्सेलको सेल्फी क्यामेरा हुनेछ । 
 

पछिल्लो अध्यावधिक: जेठ २४, २०८० ११:५८