close

पब्लिक कम्पनी बन्ने दाउमा सजिलो पे, जोडियो ‘आइडिया टु आईपीओ’ सेवामा

टेकपाना टेकपाना

जेठ २७, २०८० १८:२७

पब्लिक कम्पनी बन्ने दाउमा सजिलो पे, जोडियो ‘आइडिया टु आईपीओ’ सेवामा

काठमाडौं । एनआईसी एसिया क्यापिटलको ‘आईडिया टु आईपीओ’ सेवामा डिजिटल वालेट कम्पनी सजिलो पे पेमेन्ट सर्भिसेस प्रा. लि. जोडिएको छ ।

यसका लागि एनआईसी एसिया क्यापिटलले सजिलो पे पेमेन्ट सर्भिसेस प्रालिसँग २५ जेठमा सम्झौता गरेको हो ।

एनआईसी एसिया क्यापिटलले ‘आईडिया टु आईपीओ’ सेवा अन्तर्गत विभिन्न क्षेत्रका कम्पनीहरूलाई कम्पनीको स्थापना कालदेखि आईपीओ जारी गर्ने चरणसम्मका लागि आवश्यक सहयोग उपलब्ध गराउने गर्दछ । 

सोही सेवाका लागि सजिलो पे पेमेन्ट पनि जाेडिएकाे हाे । यसअन्तर्गत संस्थागत परामर्श सेवा, प्राइभेट प्लेसमेन्टबाट कम्पनीलाई आवश्यक पर्ने फण्डको व्यवस्था गरिदिने सहित सजिलो पेलाई पब्लिक कम्पनीमा परिणत गरी आगामी दिनमा आईपओ जारी गर्नेसम्मको चरणमा पुर्‍याउने कार्यमा एनआईसी एसिया क्यापिटलले सहयाेग गर्नेछ ।

पछिल्लो अध्यावधिक: जेठ २७, २०८० १८:२७