close

उपन्यासमा भएका शब्द चोरी गरेको आरोपमा च्याटजीपीटीमाथि मुद्दा

टेकपाना टेकपाना

असार २६, २०८० १३:२९

उपन्यासमा भएका शब्द चोरी गरेको आरोपमा च्याटजीपीटीमाथि मुद्दा

काठमाडौं । उपन्यासकार सारा सिल्भरम्यानले आर्टिफिसियल इन्टेलिजेन्सको कम्पनी ओपनएआई र मेटामाथि मुद्दा हालेकी छन् । च्याटजीपीटीको निर्माता कम्पनी ओपनएआई र ‍फेसबुकको मातृ कम्पनी मेटाले आफ्नो अनुमति बिना उपन्यासमा भएका शब्दहरू प्रयोग गरी आर्टिफिसियल इन्टेलिजेन्सलाई तालिम दिएको भन्दै शुक्रबार क्यालिफोर्नियाको अदालतमा मुद्दा हालेकी हुन् । उनीसँगै उपन्यासकार तथा कमेडियन क्रिस्टोफर गोल्डेन र रिचार्ड कार्डीले मुद्दा हालेको द इन्डिपेन्डेन्टले जनाएको छ । 

“ओपन एआईको च्याटजीपीटी सार्वजनिक भइसकेपछि लेखक तथा प्रकाशकले हजारौं पुस्तकसहित प्रतिलिपि अधिकार भएका पाठ्य सामग्रीमा जस्तै कन्टेन्ट तयार पार्ने एआईको अनौठो क्षमताबारे चिन्तित छौं भनेको सुन्दै आएका छौँ ," उपन्यासककारको मुद्दा हेरिदिने वकिलहरू जोसेफ सावेरी र म्याथ्यू बटरिकले भनेका छन् । 

उनीहरूले यसअघि गिटहब कोपाइलट र स्टेबल डिफ्युजन जस्ता चर्चित एआईविरुद्ध कानूनी प्रक्रिया अगाडि बढाइसकेका छन् । उनीहरूले मुद्दाबारे सूचना राख्ने वेबसाइट जुलाई २८ मा क्यालिफोर्नियाको अदालतमा मुद्दा हालेको उल्लेख छ ।  

सो कम्पनीले चलाएको च्याटजीपीटीले उनीहरूको उपन्यासको प्रतिलिपि अधिकार हनन गरेको अभियोग लगाएका छन् । खासगरी, च्याटजीपीटीलाई उपन्यास कसरी लेखिन्छ भनी उनीहरूको उपन्यासको उदाहरण लिइएको र त्यसका लागि लेखकलाई कुनै जानकारी नै नदिएकोमा उनीहरूको आपत्ति छ ।

पछिल्लो अध्यावधिक: असार २६, २०८० १३:२९