close

सामसङ टिभीमा ३ वर्षको पूर्ण वारेन्टी

टेकपाना टेकपाना

साउन १५, २०८० १७:५४

सामसङ टिभीमा ३ वर्षको पूर्ण वारेन्टी

काठमाडौं । इलेक्ट्रोनिक्स ब्रान्ड सामसङले नेपाली उपभोक्ताका लागि सामसङ टिभीहरूमा तीन वर्षसम्मको पूर्ण वारेन्टी दिने अफर ल्याएको छ । यसअन्तर्गत टी, ए, बी र सी–सिरिज टिभी सेटहरूमा तीन वर्षको वारेन्टी दिइने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार वारेन्टी अफर क्यूएलईडी, द फ्रेम, यूएचडी, एफएचडी टिभी जस्ता धेरै सामसङ टिभीको रेन्जहरूमा लागू हुनेछ । यो अफर ३२ इन्चदेखि ८५ इन्चसम्मका सामसङ टिभीहरूका लागि मान्य हुने कम्पनीको भनाइ छ ।

भोलि अगस्ट १ देखि डिसेम्बर ३१ सम्म सञ्चालन हुने अफर नेपालका लागि सामसङ टिभीहरूको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्रालि अन्तर्गत डिलर नेटवर्कबाट खरिद गरिएका टिभीहरूमा मात्र लागू हुनेछ ।

यस वारेन्टी अफरमा रिमोटहरू भने समावेश गरिएको छैन । रिमोट कन्ट्रोलहरूमा भने एक वर्षको वारेन्टी प्रदान गरिएको कम्पनीले जनाएकाे छ ।

पछिल्लो अध्यावधिक: साउन १५, २०८० १८:५२