close

१५ हजार ३९९ रुपैयाँमा ८ जीबी र्‍याम भएको ‘बेन्को भी ९१’ नेपाली बजारमा

टेकपाना टेकपाना

साउन २५, २०८० १३:१०

१५ हजार ३९९ रुपैयाँमा ८ जीबी र्‍याम भएको ‘बेन्को भी ९१’ नेपाली बजारमा

काठमाडौं । नेपाली बजारमा बेन्कोको भी ९१ मोडेल सार्वजनिक भएको छ । बजेट फोनमा राम्रो स्टोरेज र र्‍याम खोज्ने प्रयोगकर्तालाई लक्षित गर्दै कम्पनीले बुधबार यो मोडेल सार्वजनिक गरेको हो ।

यो फोनमा ६.५६ इन्च एचडी प्लस वाटर ड्रप डिस्प्ले छ । ९०.१४ प्रतिशत स्क्रिन टु बडी रेसियो भएको यो फोनको एस्पेक्ट रेसियो २०ः९ रहेको छ । 

एन्ड्रोइड १३ मा आधारित फाेनमा युनिसक टी ६०६ चिपसेट राखिएको छ ।

क्यामेराको सन्दर्भमा यस फोनमा तीन ओटा ब्याक क्यामेरा छन्, जसमा १३ मेगापिक्सेलको मुख्य क्यामेरा, २ मेगापिक्सेलको म्याक्रो क्यामेरा र एउटा एआई क्यामेरा दिइएको छ । यसले १०८० पिक्सेल ३० एफपीएसमा भिडिओ खिच्ने कम्पनीले जनाएको छ । सेल्फी पारखीका लागि ८ मेगापिक्सेलको सेल्फी क्यामेरा दिइएको छ ।

५००० एमएएएच क्षमताको ब्याट्री भएको फोनका लागि १८ वाट चार्जर उपलब्ध गराइएको छ ।

यो फोन दुई ओटा भेरियन्टमा उपलब्ध छ । ४ जीबी र्‍याम र १२८ जीबी इन्टर्नल स्टोरेज भेरियन्टकाे फाेनमा थप ४ जीबी र्‍याम बढाउन सकिन्छ । कम्पनीले यो भेरियन्टको मूल्य १३ हजार ५९९ रुपैयाँ तोकेको छ ।

त्यस्तै ८ जीबी र्‍याम र १२८ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा उपलब्ध बेन्को भी ९१ मा थप ८ जीबी र्‍याम बढाउन सकिन्छ । यसको मूल्य १५ हजार ३९९ रुपैयाँ तोकिएको छ ।

पछिल्लो अध्यावधिक: साउन २६, २०८० १३:४७