close

तीजको अवसरमा नेपाल टेलिकमको टिकटक च्यालेन्ज, पहिलो हुनेले ४० हजार पाउने

टेकपाना टेकपाना

भदौ २५, २०८० १५:२

तीजको अवसरमा नेपाल टेलिकमको टिकटक च्यालेन्ज, पहिलो हुनेले ४० हजार पाउने

काठमाडौं । नेपाल टेलिकमले हिन्दु महिलाहरूको महान् चाड हरितालिका तीजको अवसरमा टिकटक च्यालेन्ज आयोजना गरेको छ । आइतबारदेखि सुरु भएको 'तीजको लहर टिकटक च्यालेन्ज' असोज ७ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिस्पर्धामा सहभागी हुन टेलिकमको आधिकारिक टिकटक अकाउन्टमा गई 'नेपाल टेलिकमको तीजको लहर....' अडियोमा टिकटक बनाउनुपर्नेछ । पोस्ट गर्नुअघि क्याप्सनमा @nepal_telecom लाई ट्याग गर्ने र ह्यासट्याग #TeejwithNepalTelecom प्रयोग गर्नुपर्ने छ ।

विजेताहरुलाई नगद र अन्य पुरस्कारको व्यवस्था गरिएको छ । यस अनुसार सो च्यालेन्जमा पहिलो हुने विजेताले ४० हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार नगद पुरस्कार पाउनेछन् । त्यसैगरी सान्त्वना पुरस्कारको रुपमा १० जना सहभागीलाई रु. ५०० को टप अप प्रदान गरिने कम्पनीले जनाएकाे छ ।

पछिल्लो अध्यावधिक: भदौ २५, २०८० १५:२