close

नेपाली सडकमा गुड्दै एक हजार बढी कोना ईभी, ब्याट्री हेल्थ ४ वर्षमा पनि ९५ प्रतिशत माथि !

टेकपाना टेकपाना

असोज २९, २०८० ११:५७

नेपाली सडकमा गुड्दै एक हजार बढी कोना ईभी, ब्याट्री हेल्थ ४ वर्षमा पनि ९५ प्रतिशत माथि !

काठमाडौं । नेपाली सडकमा गुड्ने हुन्डाईको विद्युतीय गाडी कोना ईभीको सङ्ख्या एक हजार नाघेको छ । कम्पनीले आइतवार एक विज्ञप्ति जारी गर्दै सन् २०१९ देखि नेपाली बजारमा बिक्री सुरु भएको विद्युतीय संस्करणको कोना एसयूभीको बजार अवस्था सार्वजनिक गरेको हो । 

सन् २०१९ मा भारतबाट सुरु गरिएको "इमिसन इम्पोसिबल" नामक लक्ष्य अन्तर्गत कोना इलेक्ट्रिकले सगरमाथाको आधार शिविरसम्म पुगेर  गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराएको थियो । त्यसक्रममा कोनाले विश्वको सबैभन्दा अप्ठ्यारो भू–भागमा ७०० किलोमिटर यात्रा तय गरी १७००० फिट उचाई र -१२ डिग्रीको तापक्रमको सामना गरेको गर्‍यो ।

सन् २०१९ मा नेपाली बजारमा सार्वजनिक भएको कोना अहिले फेसलिफ्ट भर्सनमा आउने गरेको छ । आफ्नो  आकर्षक बनावट, उत्कृष्ट पर्फर्मेन्स, भरपर्दो रेन्ज दिने ब्याट्री र रिसेल भ्यालुले गर्दा कोना नेपालकै लोकप्रिय मध्येको एक विद्युतीय गाडीको रूपमा स्थापित छ । 

पाँच वर्षसम्म बजारमा रहनु र धेरैको पहिलो रोजाइ बन्नुले यो एउटा सफल र प्रमाणित विद्युतीय गाडी बनेको कम्पनीको दाबी छ । नेपालमा हुन्डाईका गाडी लक्ष्मी इन्टरकन्टिनेन्टलले बिक्री वितरण गर्दै आइरहेको छ । 

कम्पनीले विद्युतीय गाडीलाई लक्षित गर्दै विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ। २०२२ मा १२ देखि १६ डिसेम्बरको बीचमा “बी (भी) द चेञ्ज(Be(v) the change)” अभियान तथा ६ देखि ८ अक्टोबरसम्म सञ्चालित “हुन्डाई  फेस्टिभ कार्निभल”मा  हुन्डाईले हाई भोल्टेज ब्याट्री चेकअप क्याम्प आयोजना गरेको थियो ।

जसअन्तर्गत २०० भन्दा बढी सवारीधनीको विद्युतीय गाडीमा परीक्षण गरिएको थियो । सोको नतिजा अनुसार चार वर्षसम्म चलाइएका कोनाका ब्याट्रीको शक्ति ( SOC) ९५ प्रतिशत भन्दा बढी पाइएको कम्पनीको दाबी छ । 

सोही चेकअप क्याम्पमा सहभागी सिम्रिक एयरका पाइलट विमल श्रेष्ठले आफूले कोना रोज्नुको  मुख्य कारण यसको विद्युतीय क्षमता, हुन्डाई ब्रान्ड प्रतिको विश्वास, ब्याट्रीको क्षमता र आकर्षक बनावट रहेको बताए । आफ्नो गाडीको ब्याट्रीको क्षमतामा सोचेभन्दा कम ह्रास आएकोमा खुसी व्यक्त गर्दै उनले आफू कोनासँग सन्तुष्ट रहेको बताएका छन् । आफ्नो विभिन्न यात्रा खण्डमा कोना निकै भरपर्दो साबित रहेको अनुभव समेत उनले सुनाए।


 

पछिल्लो अध्यावधिक: असोज २९, २०८० ११:५७