close

टिकटकको विकल्पमा नेपाली भिडिओ शेयरिङ एप ‘रमाइलो’ सार्वजनिक

टेकपाना टेकपाना

मंसिर ५, २०८० १६:७

टिकटकको विकल्पमा नेपाली भिडिओ शेयरिङ एप ‘रमाइलो’ सार्वजनिक

काठमाडौं । शर्ट भिडिओ शेयरिङ प्लेटफर्म टिकटकको विकल्पमा नेपाली एप ‘रमाइलो’ सार्वजनिक भएको छ । आइडिया जार डिजिटल कम्पनीले मङ्गलवारदेखि याे एप सञ्चालनमा ल्याएको हो ।

रमाइलो एपमा भिडिओ हेर्ने तथा अपलोड गर्ने, भिडिओ एक्सप्लोर गर्ने, लाइक, कमेन्ट र शेयर गर्ने सुविधा, लाइभ गर्न मिल्ने सुविधा रहेकाे कम्पनीले जनाएकाे छ । कन्टेन्ट क्रियटरलाई पनि केही समयपछि कन्टेन्ट र लोकप्रियता अनुसार निश्चित रकम दिने कम्पनीको योजना छ । 

सरकारले टिकटक, फेसबुकजस्ता सामाजिक सञ्जाललाई नियमनको दायरामा ल्याउन कठिन भएको बताइरहेको समयमा नेपालकै कम्पनीले यस्तो एप विकास गर्दा नियमनमा पनि सहज हुने कम्पनीको विश्वास छ ।

सामाजिक सद्भावमा असर पुर्‍याउने सामग्री लगायतका गलत नियतका सामग्री प्रयोगकर्ताले अपलोड गरेमा एपको 'कम्युनिटी गाइडलाइन्स' अन्तर्गत भिडिओ हटाउने, अकाउन्ट सस्पेन्ड गर्नेदेखि सधैको लागि अकाउन्ट बन्द गरिदिने कम्पनीले बताएको छ ।

यस एपमा १३ वर्ष उमेरभन्दा माथिका नागरिकले पहुँच पाउनेछन् । 

यो एप हाल गुगल प्ले स्टोरमा उपलब्ध छ भने केही दिनमै आईफोन प्रयोगकर्ताहरूले एप स्टोर उपलब्ध हुने कम्पनीले उल्लेख गरेको छ । एन्ड्रोइड प्रयोगकर्ताले यहाँ क्लिक गरी रमाइलो एप इन्स्टल गर्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: मंसिर ५, २०८० १६:९