close

वाईफाई नेपालको २४ महिने अफर, मासिक साढे ३ सयमै ५० एमबीपीएस गतिको इन्टरनेट

टेकपाना टेकपाना

पुस २, २०८० १४:२१

वाईफाई नेपालको २४ महिने अफर, मासिक साढे ३ सयमै ५० एमबीपीएस गतिको इन्टरनेट

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी 'वाईफाई' नेपालले २४ महिने अफर सार्वजनिक गरेको छ । आफ्ना पुराना र नयाँ ग्राहकलाई लक्षित गर्दै कम्पनीले यो अफर ल्याएको हो ।

वाईफाई नेपालले हाल ५० र ८० एमबीपीएसको इन्टरनेट प्याकेज उपलब्ध गराउँदै आएको छ । दुवै प्याकेजमा उपलब्ध हुने यो अफर अन्तर्गत ग्राहकले एक पटकमा आठ हजार ४७४ र ११ हजार ८६५ रुपैयाँ भुक्तानी गर्दा दुई वर्षसम्मका लागि क्रमशः ५० र ८० एमबीपीएस इन्टरनेट सुविधा पाउनेछन् । 

५० एमबीपीएसका प्याकेजका लागि कम्पनीले इन्टरनेट शुल्क छ हजार ५०० रुपैयाँ, सिङ्गल ब्यान्ड राउटर एक हजार रुपैयाँ र १३ प्रतिशत कर गरी कूल आठ हजार ४७५ रुपैयाँ शुल्क निर्धारण गरेको छ । यसमा कम्पनीले फाइबर केबुल र कनेक्सन चार्ज नलिने वाईफाई नेपालका सीईओ सत्रुहन पन्जियारले बताए ।

त्यस्तै ८० एमबीपीएस इन्टरनेटको हकमा नौ हजार ५०० रुपैयाँ इन्टरनेट शुल्क, एक हजार रुपैयाँ सिङ्गल ब्यान्ड राउटर र १३ प्रतिशत कर गरी कूल ११ हजार ९६५ रुपैयाँ लाग्नेछ । यसमा पनि कनेक्सन चार्ज र फाइबर केबल शुल्क नलाग्ने बताइएको छ । 

वाईफाई नेपालका पुराना प्रयोगकर्ताले पनि २४ महिने अफर लिन सक्नेछन् । यसमा भने ५० एमबीपीएस इन्टरनेटका लागि सात हजार ३४५ रुपैयाँ र ८० एमबीपीएस इन्टरनेटका लागि १० हजार ७३५ रुपैयाँ लाग्नेछ । यसअघि वाईफाई नेपालले डिलदार अफर र सानदार अफर ल्याएको थियो । २४ महिने अफर भने अर्को सूचना नआए सम्मका लागि सञ्चालन हुने पन्जियारको भनाई छ ।

हाल वाईफाई नेपाल सुर्खेत, नेपालगन्ज, बुटवल, भैरहवा, मणिग्राम, पोखरा, लेखनाथ, दमौली, हेटौंडा, सिमरा र वीरगञ्जमा उपलब्ध छ । त्यस्तै चितवन, काठमाडौं, जनकपुर, लहान, धरान, इटहरी, विराटनगर, दमक र बिर्तामोडमा पनि वाईफाई नेपालको इन्टरनेट सेवा लिन सकिन्छ । कम्पनीका अनुसार छिट्टै वाईफाई नेपाल धनगढी, घोराही र बनेपामा पनि विस्तार हुँदैछ ।


 

पछिल्लो अध्यावधिक: पुस २, २०८० १४:२२