close

यस्ता छन् आईसीटी अवार्ड २०२३ बिजेता

टेकपाना टेकपाना

पुस ९, २०८० १२:३४

यस्ता छन् आईसीटी अवार्ड २०२३ बिजेता

काठमाडौं ।  लिभिङ विथ आईसीटीले आयोजना गरेको आठौं संस्करणको ‘अपग्राड आईसीटी अवार्ड २०२३ इन एसोसिएसन विथ इन्ड्राइभ’ शुक्रवार सम्पन्न भयो । एक दर्जन बढी प्रि-ईभेन्ट र पाँच महिनादेखिको छनौट प्रक्रिया र एक महिनासम्मको टेलिभिजन कार्यक्रम पश्चात् आयोजना भएको ग्राण्ड फिनालेमा १४ विधामा अवार्ड र सातै प्रदेशका उत्कृष्ट स्टार्टअपलाई सम्मान गरिएको छ ।

७०० बढीको अनलाइन आवेदनबाट विभिन्न ५ चरणको छनौट पश्चात् बिजेताहरू छनौट गर्दै अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ ।

 

आइसिटी अवार्ड २०२३ विजेता

इनड्राइभ स्टार्टअप आईसीटी अवार्ड: यार्सा टेक प्रालि

प्रोडक्ट आईसीटी अवार्ड: क्विक आरपीए

राइजिङ स्टार आईसीटी अवार्ड: ब्ल्यांकसर

हाम्रो पे पब्लिक च्वाइस आईसीटी अवार्ड : मनिमित्र

एनसेल वुमन आइकन आईसीटी अवार्ड: सुनैना घिमिरे पाण्डे

पायोनियर आईसीटी अवार्ड: बालकृष्ण जोशी

आन्टरप्रेनर आईसीटी अवार्ड: अनुप शेरचन

नेपाली डायस्पोरा आईसीटी अवार्ड: प्राडा सुरेश मानन्धर

डिजिटल गभर्नेन्स आईसीटी अवार्ड: नेपाल स्टक एक्सचेन्ज लिमिटेड

डिजिटल सर्भिसेस आईसीटी अवार्ड: तिलगङ्गा आँखा प्रतिष्ठान

डिजिटल एजुकेसन आईसीटी अवार्ड (पब्लिक सेक्टर): सत्यवति माध्यमिक विद्यालय, तनहुँ

 साउथ एसिया स्टार्टअप आईसीटी अवार्ड: भुटानको समूह मिडियाटेक

 

सात प्रदेशका उत्कृष्ट स्टार्टअप

कोशीः ट्रयाक अन नेपाल

मधेशः एड्स बी मिडिया

बागमतीः हर्टसन टेक्नोलोजी

गण्डकीः रेष्ट्रो एक्स

लुम्बिनीः टुना टेक्नोलोजी

कर्णालीः बायो कर्णाली एरोमा

सुदूरपश्चिमः निम इन्फोसिस

 

पछिल्लो अध्यावधिक: पुस ९, २०८० १२:३४