close

बोटको प्रिमियम स्मार्टवाच नेपाली बजारमा, तुरन्तै अडर गर्दा १६०० छुट

टेकपाना टेकपाना

पुस ९, २०८० १६:४०

बोटको प्रिमियम स्मार्टवाच नेपाली बजारमा, तुरन्तै अडर गर्दा १६०० छुट

 

काठमाडौं । नेपाली बजारमा बोटको प्रिमियम स्मार्टवाच एनिग्मा एक्स ४०० (Enigma X400) सार्वजनिक हुने भएको छ । कम्पनीले मङ्गलवार दराजको अनलाइन बजारमा यो स्मार्टवाच सार्वजनिक गर्न लागेको हो । 

प्रिमियम लुक्स भएको यो स्मार्टवाचमा १.४५ इन्चको एमोलेड डिस्प्ले रहेको छ । ४६६ पिक्सेल x ४६६ पिक्सेल रेजोलुसन भएको यो स्मार्टवाचमा ६०० निट्श ब्राइटनेस छ भने अलवेज अन डिस्प्ले र ब्लुटुथ कलिङ जस्ता सुविधा छन् । 

यसमा ब्लुटुथ भर्सन ५.३ समावेश गरिएको छ । हर्ट रेट, ब्लड अक्सिजन, स्लिप मनिटरिङ जस्ता सुविधा भएको यो स्मार्टवाचमा एक सयभन्दा बढी स्पोर्ट्स मोड रहेका छन् । 

यसमा १० ओटासम्म कन्ट्याक्ट सेभ गर्न सकिन्छ । सहजै प्रयोग गर्न सकिने डायलप्याड रहेको यो स्मार्टवाचमा गाइडेड ब्रिदिङ र डेली एक्टिभिटी ट्रयाकर जस्ता फिचर पनि छन् ।

यस अलावा फाइन्ड माइ डिभाइस, नोटिफिकसेन, भ्वाइस असिस्टेन्ट र सिटी तथा अलार्म काउन्टडाउन टाइमर, स्टपवाच, क्यामेरा तथा म्युजिक कन्ट्रोल तथा मौसमको अवस्था हेर्ने सुविधा पाउन सकिनेछ । 

यसमा कम्पनीले सात दिनको रिप्लेसमेन्ट र एक वर्षसम्मको वारेन्टी दिने बताएको छ । सात दिनसम्मको ब्याट्री ब्याकअप भएको यो स्मार्टवाचलाई दुई घण्टाभन्दा कम समयमै फुल चार्ज गर्न सकिने दाबी गरिएको छ । 

नेपाली बजारमा गोल्ड र ब्ल्याक गरी दुई कलर भेरियन्टमा यो वाच उपलब्ध हुनेछ । जसको बजार मूल्य छ हजार ५९९ रुपैयाँ तोकिएको छ । 

जुन दराजबाट अर्डर गर्दा सीमित दिनका लागि १६०० रुपैयाँ रुपैयाँ छुट पाउन सकिनेछ । अर्थात् २६ डिसेम्बर (पुस १० गते) देखि केही दिनका लागि केवल ४ हजार ९९९ रुपैयाँमा तपाईंले यो वाच दराजबाट अर्डर गर्न सक्नु हुनेछ । 

पछिल्लो अध्यावधिक: पुस ९, २०८० १६:४०