काठमाडौं । नेपाली ब्रान्ड मोबाइल वर्ल्ड क्यापिटल (एमडब्लूसी) औपचारिक रूपमा आफ्नो व्यवसाय सुरुवात गर्ने भएको छ । बुधवार मध्यान्ह १२ बजे अनलाइन शपिङ प्लेटफर्म दराजमा लाइभस्ट्रिम गर्दै कम्पनीले औपचारिक व्यवसाय सुरु गर्न लागेको हो ।
यो उपलक्ष्यमा कम्पनीले लाइभस्ट्रिम हेर्ने १० भाग्यशाली व्यक्तिलाई इयरबड उपहार दिने भएको छ । बिहीवार विहान १ बजेदेखि दराजमा यो ब्राण्डका उत्पादन खरिद गर्न सकिने छ । दराजमा लन्च हुनेवित्तिकै हरेक प्रडक्ट खरिद गर्ने सुरुवाती ५० जनाले ५० प्रतिशत छुट पाउने कम्पनीले जनाएकाे छ ।
यसअन्तर्गत कम्पनीले सबैभन्दा पहिले एमयूसी-थ्री ए यूएसबी टु टाइप-सी केबल सार्वजनिक गर्नेछ । एमआई, ओप्पो, भिभो, वनप्लस, ह्वावे र अन्य ब्रान्डका डिभाइसमा यो केबल सपोर्ट हुने कम्पनीले जनाएको छ । यसको मूल्य ३४९ रुपैयाँ रहेको छ । सुरुवाती ५० ग्राहकले यो प्रडक्ट ५० प्रतिशत छुटमा खरिद गर्न सक्नेछन् भने त्यसपछि एक सातासम्म यो प्रडक्ट ३५ प्रतिशत छुटका साथ खरिद गर्न सकिनेछ ।
त्यस्तै कम्पनीले टाइप-सी टु टाइप-सी केबल पनि सार्वजनिक गर्न लागेको छ । यसले १०० वाट सपोर्ट गर्ने सम्पूर्ण मोडेलका फोनलाई चार्ज गर्ने कम्पनीले उल्लेख गरेको छ । यसको बजार मूल्य ७९९ रुपैयाँ तोकिएको छ ।
यसैगरी कम्पनीले आईफोनका लागि उपयुक्त हुने यूएसबी-सी टु लाइटनिङ केबल पनि बजारमा ल्याउन लागेको छ । आईफोन १५ बाहेक अन्य सबै मोडेलका आईफोनमा सपोर्ट हुने यस केबलको बजार मूल्य ९९९ रुपैयाँ राखिएको छ । यसलाई पनि सुरुवाती ५० ग्राहकले ५० प्रतिशत र बाँकी ग्राहकले ३५ प्रतिशत छुटका साथ खरिद गर्न सक्नेछन् ।
त्यसका साथै एमडब्लूसीले १० वाटको फास्ट चार्जिङ एडप्टर पनि सार्वजनिक गर्न लागेको छ । भी८ केबलका साथमा आउने यो एडप्टर सामसङ, एमआई, ओप्पो, भिभो, रियलमी, इन्फिनिक्स, ह्वावे र अन्य एन्ड्रोइड फोनका लागि उपयुक्त हुन्छ । यसको बजार मूल्य ६४९ रुपैयाँ कायम गरिएको छ ।
त्यस्तै कम्पनीले १८ वाटको क्विक चार्जिङ एडप्टर पनि ल्याउन लागेको छ । टाइप-सी केबलका साथ उपलब्ध हुने यो एडप्टर सामसङ, एमआई, ओप्पो, भिभो तथा वनप्लस फोनका लागि उपयुक्त हुन्छ । यसको बजार मूल्य कम्पनीले ९९९ रुपैयाँ तोकेको छ ।
सामसङको २५ वाट पीडी एडप्टर आवश्यक परेका ग्राहकका लागि पनि यो अफर उपयुक्त हुन सक्छ । कम्पनीले सामसङमा सपोर्ट हुने २५ वाटको सुपरफास्ट चार्जर पनि बजारमा ल्याउन लागेको छ । यसको बजार मूल्य १,६९९ रुपैयाँ राखिएको छ । एमडब्लूसीले बजारमा ल्याउन लागेको अर्को प्रडक्ट हो, २० वाट यूएसबी-सी पावर एडप्टर । एप्पल प्रडक्टका लागि उपयुक्त हुने यो प्रडक्टलाई कम्पनीले शतप्रतिशत जेन्युन प्रडक्ट भएको दाबी गरेको छ । यसको बजार मूल्य २,४९९ रुपैयाँ तोकिएको छ ।
कम्पनीले ३.५ एमएएम ज्याक भएको वायर्ड इयरफोन पनि सार्वजनिक गर्न लागेको छ । यसको मूल्य ३४९ रुपैयाँ तोकिएको छ । त्यस्तै कम्पनीले १,६९९ रुपैयाँ पर्ने नेक ब्यान्ड बुम पनि बजारमा ल्याउने छ । त्यस्तै ब्लुटुथ सुविधा भएको एयरबड्स मिनी पनि कम्पनीको मुख्य आकर्षक उत्पादन हो । टच कन्ट्रोल, हाइपर सिंक टेक्नोलोजी, क्लियर कल अडियो तथा २० घण्टा प्ले ब्याक टाइम रहेको यस इयरबडको बजार मूल्य २,४९९ रुपैयाँ तोकिएको छ ।
माथि उल्लेख गरिएका सबै प्रडक्टमा सुरुवाती ५० ग्राहकले ५० प्रतिशत छुट र त्यसको एक सातासम्म ३५ प्रतिशत छुटका साथ खरिद गर्न सक्नेछन् । यी बाहेक अन्य प्रडक्ट पनि कम्पनीले छिट्टै सार्वजनिक गर्ने जनाएको छ ।